sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » पत्रकारलाई निर्वाचन सम्बन्धी तालिम

खोटाङ, कात्तिक–१०, आगामी मंसिर १० र २१ गतेको लागि तोकिएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै खोटाङका पत्रकारलाई तालिम प्रदान गरिएको छ । तोकिएको दुवै निर्वाचन सफल बनाउन पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका तथा पालना गर्नुपर्ने आचारसंहिता लगायतका विषयमा जानकाारी गराउने उदेश्यले जिल्ला निर्वाचन कार्यालयले शुक्रबार एक दिने तालिमको आयोजना गरेको हो । 
 जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको तालिममा नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राई, सम्पादक समाज खोटाङका अध्यक्ष कृष्ण आचार्य र जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले सहजीकरण गर्नुभएको थियो । तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले निर्बाचनमा क्रियाशील पत्रकारहरुको सुरक्षाका लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो । कुनै पनि अभियान सफल पार्न सूचनाको सम्वाहक पत्रकारहरुको समेत बिशेष भुमिका रहेको उल्लेख गर्दै प्रजिअ अधिकारीले निर्बाचनसम्बन्धी सूचना तथा गतिबिधि संकलन र सम्प्रेषणमा निर्धक्क भई लाग्न पत्रकारहरुलाई अनुरोध गर्नुभयो । 
निर्वाचन कार्यालयले मतदाता शिक्षालाई जनस्तरसम्म पु¥याउन सामाजिक परिचालक, शिक्षक, वडा सचिव लगायतलाई पनि तालिम दिने तयारी गरेको छ । प्रदेशसभामा दुई क्षेत्र र प्रतिनिधिसभामा एक क्षेत्र रहेको जिल्लामा राजनीतिक दलहरु आफ्नो चुनावी अभियानलाई लिएर गाउँगाउँमा पुगेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post