sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » हिमाली क्लवको अध्यक्षमा खुसनारायण सैंजू

खोटाङ - २२ असोज, हिमाली क्लव दिक्तेल खोटाङको अध्यक्षमा खुसनारायण सैंजू चयन भएका छन् । सदरमुकाम दिक्तेलमा सम्पन्न क्लवको नवौं अधिवेशनबाट सैंजू अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।
क्लवको उपाध्यक्षमा राजेन्द्र लयालु, सचिव सुमन श्रेष्ठ, सहसचिव पूर्णमायाँ तामाङ र कोषाध्यक्षमा श्यामकुमार सैंजू चयन भएका छन् । समितिको सदस्यमा नूरकाजी सैंजू, बाबुराम सैंजू, रुपक परियार, सन्तोष जोशी, पवित्रा राई र तेजनारायण सैंजू रहेका छन् ।
जिल्लाको सबै भूभागलाई आफ्नो कार्य क्षेत्र बनाएर गतिविधि गर्दै क्लव जिल्ला प्रशासन कार्यालय खोटाङमा १ नम्बरमा दर्ता छ । वि.सं. २०३४ सालमा स्थापना भएको क्लव जिल्लाको सबैभन्दा जेठो गैंरसरकारी संस्था हो ।
जिल्लामा खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले स्थापना गरिएको क्लवले पछिल्लो समय सरकारी कार्यालयहरुसँगको सहकार्यमा विकास÷निर्माणका साथै सामाजिक रुपान्तरणको गतिविधि सञ्चालन गर्दै आएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post