sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » राप्रपा प्रजातान्त्रिक खोटाङबाट १२ उम्मेद्वार सिफारिस

खोटाङ, असोज–२५, आसन्न मंसिर १० र २१ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका राप्रपा प्रजातान्त्रिक खोटाङले १२ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।  पार्टीको मंगलबार दिक्तेलमा बसेको बैठकले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ धर्मराज पोखरेल र समानुपातिकतर्फ रबिन चाम्लिङको नाम सिफारिस गरेको छ । 
प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा चन्द्रसिं बस्नेत र रामबहादुर गुरुङ तथा समानुपातिकतर्फ विजयकला राई, चन्द्रबहादुर बुढाथोकी र केशर कामीको नाम सिफारिस गरिएको छ । यस्तै, प्रदेशसभाका लागि क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ हरिबहादुर भट्टराई र प्रकाश थापा तथा समानुपातिकतर्फ अम्बरबहादुर केसी, काशिराज राई र कुमारीकृष्ण राईको नाम सिफारिस गरिएको राप्रपा प्रजातान्त्रिकले जनाएको छ । 
बैठकले पञ्चायतकालदेखि पार्टीमा क्रियाशील रहेका अम्बरबहादुर केसीलाई केन्द्रीय सदस्यमा सिफारिस गर्ने निर्णय गरेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post