sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » गोपाल किरातीलाई राष्ट्रपति बनाउन किराती राष्ट्रिय मुक्ति मोर्चाको माग

खोटाङ, ३१ असोज । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाले नेता गोपाल किरातीलाई रास्ट्रपति बनाउन माग गरेको छ । किरात राज्यको पक्षमा वकालत गर्दै आएका किरातीलाई राष्ट्रपति बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापनपत्र पठाएको हो ।

नेता किरातीले खम्बुवान मोर्चा हुँदै किराती राष्ट्रिय मुक्ति मोर्चा र माओवादीसँगको एकतासँगसँगै बैचारिक राजनीतिक संघर्ष शुरु गर्नुभएको थियो । पछिल्लो समय किरातीले माओवाद र पहिचानको मुद्दा छोडेर एमालेसँग पार्टी एकता गर्न लागेको भन्दै यसअघि सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गर्नुभएको थियो । 

यसअघि प्रदेश नं. १ को मुख्यमन्त्रीको उम्मेदवारमा सिफारिस भएको किरातीले एमालेसँग मिलेर बन्ने पार्टीबाट मुख्यमन्त्री हुँदा मुख्यमन्त्री बुख्याचा जस्तो मात्रै हुने र केही काम गर्न नसकिने भन्दै आफू मुख्यमन्त्रीको उम्मेदवार नबन्ने घोषणा गरिसक्नुभएको छ । मोर्चाका अध्यक्ष राजन किराती (बासु)ले सोमबार पार्टी अध्यक्ष प्रचण्डलाई पत्र ज्ञापनपत्र पठाउँदै किरातीलाई राष्ट्रपतिमा निर्वाचित गर्न माग गर्नुभएको हो । 

प्रगतिशिल विचार, राजकीय पहिचान र अधिकार सहितको किरात राज्य तथा समग्र आदिवासी जनजाति, मधेसी, महिला, मजदुर, किसान, दलित र मुस्लिम समुदायको न्यायपूर्ण एक प्रतिनिधित्व पात्र नेता किरातीले गर्ने हुनाले माग महत्वपूर्ण रहेको अध्यक्ष बासुले दाबी गर्नुभयो । किरातीलाई राष्ट्रपति बनाइए माओवादीभित्र पहिचान र समानुपातिक समावेशीको पक्षमा संघर्ष गर्ने नेतृत्व हुने बताइएको छ । 

देशको राष्ट्रिय स्वाधिनताको पक्षमा दृढतापूर्वक उभिने नेता किरातीलाई रास्ट्रपति बनाउन पार्टीले गम्भिर भएर हेर्नुपर्ने मोर्चाका महासचिव अर्जुन जम्नेलीले बताउनुभयो । पूर्व पर्यटन तथा सँस्कृतिमन्त्री भइसक्नुभएका नेता किराती पार्टीको केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नम्बर १ को इन्चार्ज हुनुहुन्छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post