sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » बाम गठबन्धन– खोटाङ संघ र प्रदेश क मा एमाले, प्रदेश ख मा माओवादी (उम्मेदवारसहित)

खोटाङ ४ कात्तिका

खोटाङमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित बाम गठबन्धनले क्षेत्र बाँडफाँड उम्मेदवारको टुंगो लगाएका छन् ।
जसअन्तर्गत संघ अर्थात केन्द्र र प्रदेश क मा एमालेले पाएको छ । यस्तै प्रदेश ख मा माओवादी केन्द्रले पाएको छ ।
क्षेत्रसँगै दुवै दलले उम्मेदवारको समेत टुंगो लगाएका छन् ।

जस अन्तर्गत प्रत्यक्षमा एमालेबाट केन्द्रमा विशाल भट्टराई उम्मेदवार बनेका छन् भने प्रदेश क मा एमालेबाट राजन राई उम्मेदवार बनेका छन् । यस्तै, प्रदेश ख मा माओवादी केन्द्रका तर्फबाट रामकुमार राई पासाङ उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेसले यसअघि नै उम्मेदवारको टुंगो लगाएको थियो । बाम गठबन्धनले भने मिलेर चुनाव लड्ने सहमति गरेकाले दुई दलमध्ये एक दलको मात्र एक निर्वाचन क्षेत्रमा उम्मेदवारी रहने छ भने आफ्नो उम्मेदवारी नभएको क्षेत्रमा एकले अर्कालाई सहयोग गर्नेछन् ।

बामगठबन्धनसँगै खोटाङको कुनै पनि ठाउँमा नेपाली कांग्रेसलाई जित्न भने कठिन अवस्था रहेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post