sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » वाम गठबन्धनलाई विप्लव नेतृत्वको शिक्षक संगठनको सहयोग

खोटाङ, १६ कात्तिक । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल नेपाल शिक्षक संगठनले आगामी निर्वाचनमा वाम गठबन्धनलाई सहयोग गर्ने बताएको छ । संगठनका जिल्ला अध्यक्ष अर्जुन दाहालले बुधबार सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेलन गरेर यस्तो बताउनुभएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले आफूहरु पार्टीको झोले मात्र भएर बस्न नसक्ने भन्दै देशमा स्थायी शान्ति कायम गर्न आगामी निर्वाचनमा वाम गठबन्धनलाई सहयोग गर्ने निर्णय गरिएको बताउनुभयो । “हाम्रो मातृ पार्टीले निर्वाचनलाई बहिस्कार गरेको छ ।” उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा देशलाई निकास दिन निर्वाचन उत्तम विकल्प भएकाले हाम्रो संगठनले वाम गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको हो ।”

दिक्तेलस्थित सरस्वती माविको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी केन्द्र) निकट शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष कृष्ण गुरुङले नेपालमा स्थापित सबै प्रगतीसिल विचारधारा शिक्षक संगठनहरुबीच एकता हुनुपर्नेमा जोड दिनुभयो । “अहिले सबै कम्युनिष्ट बिचारधारा संगठनबीच छलफल भइरहेको छ ।” उहाँले भन्नुभयो, “चुनाव लगत्तै फरक–फरक समूहमा विभाजित कम्युनिष्ट विचारधारा संगठनहरु एकीकरण गर्ने अभ्यासमा लागी परेका छौं ।”

नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल नेपाल शिक्षक संगठनले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलनमा सहभागी शिक्षकहरुले आफ्नो हक र अधिकार स्थापित गर्न सबै संगठन एकजुट हुन आवश्यक रहेको बताएका छन् ।

देशमा पछिल्लो घटनाक्रमले वामपन्थी र प्रजातान्त्रिकगरी दुई धार देखिएकाले वामपन्थी विचारधारा शक्तिहरु एक हुनुको विकल्प नरहेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सल्लाहकार सदस्य जयप्रसाद आचार्यले बताउनुभयो । “वामपन्थी शिक्षकहरुको एकताले शिक्षा क्षेत्रमा समेत परिवर्तन गर्न सकिन्छ ।” उहाँले भन्नुभयो, “शिक्षासँगै देश परिवर्तनका लागि सबै वामपन्थी शिक्षकहरु एक जुट हुनुपर्छ ।”

वामपन्थी शिक्षक संगठनहरु एकीकरणका लागि छिमेकी जिल्लामा स्थापित संगठनका नेताहरुसँग पनि छलफल थालिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post