sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » विशाल भट्टराई भन्छन्- '१५ हजार बढी भोटले जित्छु'

खोटाङ २६ कात्तिक
चाहे कांग्रेस, चाहे माओवादी, या एमाले नै कोही किन नहाेस् बिरामी पर्यो या केही भएमा त्यहीँ ठाउँमा खुरुरु पुग्ने त्याे व्यक्ति हो 'विशाल भट्टराई' ।

कसैले भनेको कुरा नाई भन्न नसक्ने र इमान्दारितामा एक इन्च दायाँ बायाँ नगरेका कारण पनि उनी खोटाङमा परिचित छन् । कतिपय पूर्व माननियको नाम समेत थाहा नहुन सक्छ जिल्लाका मतदातामा । अर्कातर्फ विशाल भट्टराई कुन पार्टीको भन्ने थाहा नहुन सक्छ तर  उनको नाम भने धेरैलाइ थाहा  भएको समेत पाइएको छ ।

उनै विशाल भट्टराईलाई उनको पार्टी नेकपा एमालेले समेत विश्वास गर्दै वाम गठबन्धन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट संयुक्त उम्मेदवार हुने गरी खोटाङबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फकाे टिकट दिएको छ । उनी यस पटक प्रतिनिधिसभातर्फ उम्मेदवार हुन् । चुनावी तालमेल अन्तर्गत वाम गठबन्धनका कारण नेकपा माओवादी केन्द्रको भोट समेत उनलाई थपिने हुँदा उनको जित भने सुनिश्चित नै बनिसकेको राजनीतिक पण्डितहरु व्याख्या गर्छन् । स्थानीय तहको मतपरिणाम जोड्ने हो भने, उनी १४ हजार बढी भोटले कांग्रेस उम्मेदवार भन्दा अघि छन् । त्यसो त उनी आफू १५ हजार भन्दा बढी भोट अन्तरले कांग्रेस उम्मेदवारसँग विजयी हुने दावा गर्छन् ।

'हामीले संविधानसभाको दोश्रो निर्वाचनमा जे कुरा पुरा गर्छौ भनेर भोट मागेका थियौं, त्यो पूरा भएको छ ।'  उनी भन्छन्, 'यसपटक १५ हजार बढी मत ल्याएर जित्ने विस्वास लिएको छु ।'

भट्टराई खोटाङको विकास निर्माणमा चासो र तत्परता देखाउने एउटा अग्रणी पात्र हुन् । उनकै भनाई अनुसार गाईघाट–दिक्तेल मोटरेवल बाटोको लागि केपी ओली प्रधानमन्त्री हुदाँ आफ्नो नेतृत्वमा गएर अर्थमन्त्री विष्णु पौडेललाई भेटेर दुई अर्ब ६८ करोड रकम विनियोजन गर्न लगाएका हुन् । जुन बाटो अहिले कालोपत्रेको काम भइरहेको छ । 
उनी भन्छन् 'हामी निर्वाचित भएपछि खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जोड्ने सगरमाथा स्वर्ण चक्रपथ निर्माणको कार्य शुरु गर्नु खोटाङका जनताको लागि ठुलो उपलब्धि रहेको छ । २० वर्षदेखि चिसापानी र ऐसेलुखर्कमा डाक्टर नबस्ने र पोष्माटर्म घर नभएको अवस्थामा मेरो कार्यकालमा अनिर्वाय एमविविएस डाक्टर नियमित बस्ने र पोष्माटर्म घरको पनि निर्माण गरिएको छ । खोटाङबजारमा मालपोत कार्यालय ऐसेलुखर्कमा बैक ईलाका प्रशासन कार्यालयको स्थापना र चिसापानीमा कृषि विकास बैंकको स्थापना गराए र जनतालाई परिवर्तनको महसुस गराएकाे छु र सदरमुकामसँग जोडिने बाटोमा रहेको जयरामघाटको पुल नबन्दा मेरो नेतृत्वमा गएर पुल निर्माणमा ढिला भयो भन्दै धर्ना बसेपछि म राजन राई लगायतले लाठी खानु प¥यो र यो लाठीको उपलब्धिले यो पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।'

धाप्लाङघाटको पक्की पुल र दूधकोसीको रभुवामा रहेको पक्की पुलको सुरुवात गर्न सफल भएको उनी बताउँछन् । हलेसी क्षेत्रका सुख्खा गाविसहरुमा पम्पिङ प्रविधिबाट खानेपानी पु¥याउने कामको थालनी भएको र झोलुङ्गे पुलहरु धेरै ठाउँमा लगाउने कार्य सम्पन्न उनको भनाई छ । अगाडी उनी थप्छन्, 'सडक विजुली खानेपानी लगायत थुप्रै काम गरिएको छ ।'

आफूले जिन्दगीमा कहिल्यै नढाटेको भन्दै केही पार्टीले विकास निर्माण लगायत विषयमा जनतामा भ्रम छरेकोप्रति उनी रुष्ट समेत देखिए । 'कतिपयः पार्टीका साथीहरुले अनावश्यक हल्ला गर्दै जागिर लगाइ दिन्छु जस्ता झुट कुरा पहिले पनि गरेका थिए र अहिले पनि गरेर हिडेका छन् ।' उनी भन्छन्, 'मुलतः लामो समयदेखि परिवर्तनको पक्षमा रहेका नेपाली जनतालाई न्याय दिने काम संविधान निर्माण पश्चात भएको छ । मैले २०७० सालको संविधानसभाको निर्वाचनको टिकट पाउनु अगाडि र पाएपछि कुनै समय ढाँट्ने काम गरिन । कसैलाई झुटा आश्वासन दिएर हिडिनँ । यो नै जनताको पक्षमा मेरो सकारात्मक पक्ष हो ।' 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post