sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » को हुन् विष्णु राई- जसले युनिटीबाट सयौंलाई रुवाए, करोडौंको प्लान नेपाललाई जिल्लाबाट हटाए

खोटाङ ७ मंसिर

कांग्रेस उम्मेदवार विष्णु राई
खोटाङमा नेपाली काँग्रेसका नेताहरुमा चिनिने नाम विष्णु राई पनि हो । सानै उमेरमा जिल्ला विकास समिति सभापति बनेपछि उनी चर्चित नबन्ने कुरै रहेन । दोस्रो जनआन्दोलनतासम्म उनी गुमनाम रहेपनि त्यसपपछि उनी विस्तारै चर्चामा आउन थाले । तर, ०६४ को निर्वाचनमा राईले टिकट पाउन सकेनन् । पूर्व राज्यमन्त्री शिवकुमार बस्नेत नै मैदानमा खडा भए । 

छोरम्बुमा जन्मिएका विष्णु राई यसै १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा प्रदेशसभातर्फ २ नम्बरबाट उम्मेदवार बनेका छन् ।

वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी तालमेलले स्थानीय तहको मतपरिणाम जोड्ने हो भने उनी ५/६ हजार मतले नै पछाडी छन् । तर उनको दाबी आफूले जित्ने रहेको छ ।

विष्णु राईमाथि लागेका गम्भीर तीन काण्डले उनी आलोचित छन् भने उनको जितमा त्यहीँ काण्डहरु तगारो बन्ने खतरा छ ।

उनीमाथिको पहिलो काण्ड हो- उनले युनिटीमा धेरैको पैसा उठाए, पछि फसेपछि ३ सय भन्दा बढी जिल्लाबासी रुनु र हाँस्नु बनाए । गैरकानुनी नेटवर्किङ व्यवसाय युनिटीमा उनले १२ देखि १५ हजारसम्म रकम उठाएर सयौंको पैसा बेवारिसे बनाईदिएका छन् । कतिपयले त उनी कांग्रेसका नेता भएकै कारण जेल जान नपरेको नत्र जेलमा हुुनुपर्ने बताउने गरेका छन् । हाल युनिटी बन्द छ भने त्यसका सञ्चालक कोही जेलमा त कोही फरार छन् ।

विष्णुको दोस्रो काण्ड हो, प्लान नेपाल आयोजना नै जिल्लाबाट हटाउनु । करौडौंको योजनासहित खोटाङ जिल्लामा आएको प्लान नेपालजस्तो परियोजना जिल्लाबाट हटाउन प्रमुख भूमिका खेलेको उनीमाथि गम्भीर आरोप छ । उक्त आयोजना जिल्लामा रहेको स्वास्थ्य क्षेत्रमा राम्रो काम हुने भन्दै उनको आलोचना हुने गरेको छ ।

विष्णु राईले प्लान नेपाललाई जिल्लाबाट हटाउन प्रमुख भूमिका खेलेको एमाले र नेकपा माओवादी केन्द्र लगायत दलले आरोप लगाउँदै आएका छन् । उनीमाथि उनकै निर्वाचन क्षेत्र च्यानडाँडामा एकमा बोक्सीको आरोपममा कुटपिट गरेको घटनामा दोषी पक्ष कांग्रेस भएको र दोषीलाई बचाउ गरेको आरोप छ । जिल्लाको विकास निर्माणमा सर्वदलीय सहमतिमा काँग्रेस भन्दा माथि उठ्न नसक्नु जस्ता आरोप पनि उनीमाथि छन् ।
करौडौंको योजनासहित आएको प्लान नेपालजस्तो परियोजना जिल्लाबाट हटाउन प्रमुख भूमिका खेल्नु, युनिटी काण्डमा मुछिनुजस्ता थुप्रै घटनाले राईले अघिल्ला निर्वाचनमा टिकट नपाउनुको कारक बनेकोमा अबको जितमा पनि तिनै काण्ड उनको जित हारमा प्रमुख बनेर नआउँलान् भन्ने ठाउँ भने छैन ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post