sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » गज्जबको सांगीतिक जमघट : स्टेजमा उत्रिए एकै छिमलका चर्चित कलाकार (फोटो फिचर)

रामधन राई/खोटाङ 
असोज–१७, गाउँको कार्यक्रम । निर्धारित समय भन्दा ढिला हुने त यसै पनि थियो नै । गाई–बस्तु, कुखुरा–सुँगुर, सबै ठ्यामै जोहो गरेर मात्रै ढुक्क सँग कार्यक्रममा बस्न पाईने हुनाले हत्तार गर्दागर्दै पनि धेरै जसो गाउँलेलाई कार्यक्रममा आईपुग्न बेर लागिरहेको थियो ।  
बिस्तारै मान्छेको भीड बढ्दै गयो । दिनको करिब २ बजेतिर मात्रै कार्यक्रम शुरु भयो । र साँझ अबेर सम्पन्न भयो । उही गाउँले जीवनको समय तालिका बमोजिम गाई–बस्तु, कुखुरा–सुँगुरकाृ बन्दोबस्ती मिलाउनै पर्ने बाध्यताका कारण दर्शक घर–गोठ जान हत्तारिन थाले । शुरु गर्दाको एक चौथाई मात्र दर्शक कार्यक्रमको अन्त्यमा बाँकी थियो मञ्च अगाडी । तर निख्खारिएको दर्शक मात्र अडिएका थिए । सांगीतिक तीर्खा धित मरुञ्जेल मेटाउन चाहान्थे सायद उनिहरु । सबै जना नाच्दै थिए, स्वरमा स्वर खापेर गाउँदै थिए , कराउँदै थिए, रमाउँदै थिए । जब छिप्पिँदो साँझमा चर्चित गायकहरु स्टेजमा क्रमशः उत्रिए रौनक बेग्लै तथा रोमाञ्चक बन्यो ।
साबिकको खोटाङ पाथेका गाबिस हालकोे रुपाकोट मझुवागढी नगरपालिका–१० स्थित सरस्वती मबिमा गज्जबको सांगीतिक जमघट भएको छ । मेरुङ समाज नेपालले हालै गाउँमा आयोजना गरेको उक्त सांगीतिक जममघट कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित गायक–गायिका तथा जिल्लाका बिशिष्ट ब्यक्तित्वहरुको समेत उपस्थितीले कार्यक्रमलाई भब्यता दिलाएको थियो । 

जिल्लामा जन्मिएर गीतसंगीतमार्फत देशबिदेशमा चर्चा बटुल्न सफल लगभग एकै छिमलका देखिने गायकहरु रेवत राई, सचिन राई, सागर संसार राई, गायिका बविता(अनुमा) राई लगायतको प्रस्तुती रहेको कार्यक्रममा पुर्ब सांसद बिशाल भट्टराई, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी लोकदर्शन थापा, शसस्त्र प्रहरी बल हलेसी गुल्मका प्रमुख डीएसपी दानबहादुर बानियाँ, स्थानीय निर्बाचित जनप्रतिनिधि लगायतका बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
 नेताहरु देशबिक्रम राई, होमकाजी आचार्य(बिनोद), बिष्णुभक्त राई लगायतको उपस्थितीमा हास्य कलाकार योगिन राई, गायक तथा मोडल रमेश बानियाँ, गायक केशब भावुक, गायक योगेश खड्काले प्रस्तुति गरेका थिए । 
दर्जन बढी स्थानीय कलाकारहरुको समेत गायन तथा नृत्य प्रस्तुती रहेको कार्यक्रममा संयोगबश जिल्लाका बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिती हुन सकेको मेरुङ समाज नेपालका अध्यक्ष बम बानियाँले बताउनुभयो । गाउँकै एक बयोबृद्घलाई प्रमुख अतिथि बनाई शुरु गरिएको कार्यक्रममा पाथेका बाहेक खार्मी, खार्ताम्छा, अर्खौले, दिक्तेल लगायतका स्थानबाट अतिथि तथा दर्शक उपस्थित थिए । 
स्टेजमा प्रतिक्षाका केन्द्र बनेका गायक रेवत राई, सचिन राई र सागर संसार राईले आफ्ना लगायत अन्य कालजयी गीतहरु गाएर क्रमश: आधा/आधा घण्टा बढी दर्शकलाई मनोरञ्जन दिलाएका थिए । हास्य कलाकार योगिन राईको फरक प्रस्तुतिबाट सन्तुष्ट बनेका दर्शका लागि गायिका अनुमा, गायक तथा मोडल बानियाँ, गायक भावुक तथा गायक खड्काले दुई/दुई वटा गीत गाएका थिए ।

जिल्लाका श्रष्टाको सम्मान तथा स्थानीय नबश्रष्टाका लागि अवसरका निम्ति आयोजना गरिएको कार्यक्रममा बिशेष गरी एक उमेर समुहका युवा कलाकारलाई जमघट गराएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रम आयोजनाका लागि देशबिदेशमा रहेका संघ–संस्था तथा ब्यक्ति–ब्यक्तित्वले सहयोग गरेका थिए । 


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post