sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » सदरमुकाममा शुरु ग¥यो कांग्रेस खोटाङले प्रचारप्रसार

कात्तिक–१९ खोटाङ,  आगामी मंसिर–१० गतेका लागि तोकिएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस खोटाङले सदरमुकामा दिक्तेलबजारमा प्रचारप्रसार शुरु गरेको छ । प्रतिनिधिसभाका उम्मेदवार सरस्वती वजिमय, प्रदेशसभा (क) का सुवासकुमार पोखरेल र (ख) का उम्मेदवार विष्णुकुमार राईलाई बिजयी गराउन आव्हान गर्दै आईतबार भवनगैरादेखी हाँटडाडाँसम्म प्रचारप्रसार गरेकोे हो । कांग्रेसका नेता कार्यकर्ताले गाउँघरमा चुनाबी अभियान चलाईरहंदा अन्य कार्यकर्ताहरुले बजारबाट झण्डा राख्दै तथा पर्चा बितरण गर्दै प्रचारप्रसारको कार्य शुरुवात गरेको जिल्ला सचिब सचिव ज्ञानेन्द जोशीले जनाए । जोशीका अनुसार सोमवार त्रिवेणीचोकदेखि रत्नपार्कसम्म प्रचारप्रसार गर्ने कार्यक्रम रहेको छ । 
नेकपा एमाले र माओबादी केन्द्रका संयुक्त वाम गठबन्धनले भने शनिवारदेखि नै दिक्तेलबजारमा प्रचारप्रसार गरेको थियो । गठबन्धनले बजारको अन्य स्थानमा सोमबार प्रचारप्रसार गर्ने जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post