sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खोटाङको ५ मतदान केन्द्रमा महिला अधिकृत

खोटाङ मंसिर–९, आइृतबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनको लागि खोटाङको ५ वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत रहेका छन् ।  जिल्लामा तोकिएको १ सय ३६ स्थलको १ सय ७९ मतदान केन्द्रमध्ये ५ केन्द्रमा महिला मतदान अधिकृत रहेका छन् । 
महिला मतदान अधिकृतमा रुपाकोट मझुवागढी नगरपाालिका–२ स्थित पञ्च माबि केन्द्रमा कोपिला राई, सोही नगरपालिका–३ स्थित साबित्रा माबि बाम्राङको ‘ख’ केन्द्रमा गीता न्यौपानै भट्टराई, दिपु्रङ गाउँपालिका–स्थित याम्खाको ‘ख’ केन्द्रमा रसा प्रधान खटिएका हुन् । यस्तै लामिडाँडा गाउँपालिका तिर्पाको गुप्तेश्वर आधारभुत बिद्यालय केन्द्रमा बसन्तकुमारी श्रेष्ठ र खोटेहाङ गाउँपालिका वडकादियालेको गाबिस भवन केन्द्रमा मञ्जु राई मतदान अधिकृत रहेको जिल्ला निर्बाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।
 चुनावको सबै तयारी पूरा भएको छ । शनिबार अपराह्नसम्ममा १ सय ३६ मतदान स्थलका १ सय ७९ मतदान केन्द्रमा आवश्यक बुथ तयार पारिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
चुनावका लागि जिल्लाका हरेक मतदान केन्द्रमा बुथ, मतदाता उभिने छुट्टाछुट्टै बार, मतदान गर्ने गोप्य कोठा, व्यालेट बक्स राख्ने स्थान, कर्मचारी र दलका प्रतिनिधि बस्ने स्थान लगायत भौतिक ब्यवस्थापन गरिसकिएको निर्बाचन कार्यालयले जनाएको छ । 
अपांग, अशक्त, गर्भवती महिलालाई भने लाईनमा नबसी मत दिने व्यवस्था मिलाइएको छ । निर्वाचनमा जिल्लाका १ लाख २५ हजार १ सय ८३ मतदाता सहभागी हुँदैछन् । निर्वाचनको सुरक्षार्थ २ हजार ५ सय ८७ सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । 


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post