sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » कबिता

             रातो किताब 


                         –प्रेमिला राई, खोटाङ                 

यहाँ,
मृत शरीरका ज्युँदा बिचारहरु
ज्युँदा मान्छेका मृत मस्तिष्क बीच
भीषण युद्ध हुदैछ...
गाड्दैछ  एउटा अस्तित्वका किल्ला...!

इतिहासमा लत्पतिएका रगतका फाल्साहरु
क्रान्तिकारी सैनिक भएर
जन्मदैछ आमाको गर्भाशयबाट प्रत्येक प्रहर...
जब पोत्यौ नि निर्दोश कागजमा
सम्झौता र सहमतिको कालो मसि...
त्याहाँ
नअँटाए पछि तिम्रो दस्तावेजमा
इतिहासका रामप्रसाद, राम्लिहाङ र रिदामाहरु
भुलेप छि तिम्रो मस्तिस्कले
माक्र्स, एङेल्स, लेनिन,स् टालिन ,माओ र चेहरु
हुरी भएर
उडाउँदैछ तिम्रो आडम्बर
च्यातेर छर्दैछ यत्रतत्र बाटो ,सडक र पाखैभरी....

उ बेला
सम्हाल्दा–सम्हाल्दै मोर्चा
एक साझ छुटेका क्रान्तिकारी शुक्रकिटहरु
भुईंचालो भई जुर्मुराउँदै
भत्काउँदैछ तिम्रो बंगला
र त्यही उठाउँदैछ सभ्यताको स्तम्भ ..!

भुलेर पनि
नकुल्चनु पर्दथ्यो नि मुटु
अहो ! नटिप्नु पर्दथ्यो  फुल
नहान्नु पर्ने हो गुलेली बचेरालाइ
नढाल्नु पर्ने हो बुढो सिमल...
हतारमा या बेहोसीमा
गरिहालेछौ कम्जोरी
र त आज
बेजोड–बेजोड बाढीले भत्काइरहेछ बाटो
पहिरोले सोहरिरहेछ आँगन...!
यस्तै हो भने
यो घर कहाँ घर रहन्छ र.???
मेटिए पछि अस्तित्व
सन्तानलाइ खोई कहाँ देखाउँछौ पहिचान...???
त्यसैले अब
एक पाइताला अघि बढेर
दुई पाइताला पछाडी फर्क..!
खबरदार !
हस्ताक्षर नगर बिबादित दस्ताबेजमा
किन शशङकित हुन्छौ आफ्नै इतिहास देखि ??
आत्तिएर ! किन घाम–जुनै टिपुँ भन्छौ ?
किन लत्याउन खोज्छौ स्वाभिमान, शान–सम्मान ??
पर्ख
ज्युँदै राख्नुपर्छ इतिहास
यदि फेरि झन्डाको रङ भुल्यौ भने
पश्चाताप हुनेछ, भैरहनेछ
त्यसैले
बरु समेटेर बाटाभरी भेटिने सहयात्रीहरु
राउन्ड टेबलमा सङ्गै बसेर
हाम्रो झण्डाकै रातो रङले
लेखौं एउटा रातो किताब..!
                                                                                                 
  

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post