sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » हलेसी–तुवाचुङ नगरप्रमुखको घर–जग्गा तथा सम्पत्ति विप्लव समुहको नियन्त्रणमा

खोटाङ  कात्तिक–२६,  नेपाल कम्यूनिष्ट पार्टी खोटाङले हलेसी–तुवाचुङ नगरपालिकाका नगरप्रमुख इबन राईको घर–जग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको घोषणा गरेको छ । गुण्डा र पैसाको बलमा चुनाव जितेर देश लुट्न लागी परेका नगरप्रमुख राई दलाल संसदीय व्यवस्थाको मतियार बनेको भन्दै शनिबार राती बिज्ञप्ति टाँसेर नेपाल कम्यूनिष्ट पार्टीले उक्त घोषणा गरेको हो । 
साबिकको मंगलटार–ं२ पर्ने हलेसी तुवाचुङ नगरपालिका–६ का नगरप्रमुख राईको नियन्त्रित घर, जग्गा, सम्पत्ति जनताले उपभोग गर्ने कुरा बिज्ञप्तिमा उल्लेख छ । बिहान उठ्दा मात्रै आफ्नो घरको आँगनमा पार्टीको झन्डा गाडेको र घरको भित्तामा गोबरले विज्ञप्ति टाँसेको देखेको नगरप्रमुख राईको भनाई छ । राईका अनुसार हलेसी तुवाचुङ नगरपालिकाको पहिलो नगरसभाबाट आधा बजेट आफुहरुलाई बिनियोजन गर्न उक्त पार्टीले माग गर्दै आएको थियो । 
 ‘हाम्रो पनि समानान्तर सरकार छ भन्थे’, नगरप्रमुखले  भने –‘आधा कार्यक्रम हामी सञ्चालन गर्छाैं भन्दै पटक–पटक नगरको आधा बजेट माग गरेका थिए ।’ 
 नगरप्रमुख ईबन राईलाई आसन्न निर्बाचन प्रचार–प्रसारमा नहिँड्न समेत सो पार्टीले चेतावनी दिँदै आएको थियो । ‘चुनाब प्रचारप्रसारमा नहिँड्नु भनेर मलाई थ्रेट दिएका थिए’, राईले थपे–‘मलाई मात्र किन पटक–पटक थ्रेट दिईरहेका छन्, मलाई थाहा छैन ।’ 
नगरप्रमुख राई खोटाङका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुख (सिडिओ) लाई जानकारी गराएर निर्वाचन प्रचार प्रसारमा हिँडेका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post