sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » ‘हिसाब देखाउन नसक्दा परिवारमा खटपट !’ : वित्तिय साक्षरता कक्षाले फाईदै–फाईदा




बिनिता राई/खोटाङ 
कात्तिक–२१, ‘पहिलादेखी नै यस्तो छलफल भएको भए हाम्रो परिवारमा अझै राम्रो हुन्थ्यो नि !’ खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका–१ की मिरा राईले वित्तिय साक्षरता कक्षाका कारण आफुलाई व्यवहारिक रुपमा निक्कै फाईदा पुग्ने छनक पाईसकेकी छिन् । शुरुमा यस्तो महत्वपुर्ण कक्षा र छलफल सञ्चालन नहुँदा आफुले श्रीमानसँग नाजवाफ हुनु परेकोमा अहिले पनि नमज्जा लाग्छ मिरालाई । हुन त मिराको समुह भर्खरैदेखि बित्तिय साक्षरता कक्षामा सहभागी हुन थालेका हुन् । कक्षामा सहभागी हुन थाले लगत्तै त्याहाँको छलफलका कारण आफु र आफ्नो परिवारको आर्थिक ब्यवस्थापनलाई चुस्त तथा आयमुलक बनाउन सकिनेमा आफु ढुक्क छिन् । 
 मिरा भन्छिन्–‘अहिले जस्तो भए त श्रीमानले मैले पठाएको पैसा कहाँ खर्च भयो ? भनेर सोध्दाखेरि हिसाव देखाउन सकिन्थ्यो ।’ त्यही हिसाव राम्ररी बुझाएर देखाउन नसक्दा धेरैको घर–परिवारमा मनमुटाव भएको पाईन्छ । शुरुमा बित्तिय साक्षरता कक्षा सञ्चालन नहुँदा र आफु सहभागी बन्न नपाएकोमा मिरालाई जस्तै बैदेशिक रोजगारीमा गएकाको प्राय सबै घरमुलीलाई गुनासो छ । 
‘अव त खर्च र आम्दानीको हिसाव लेखेरै राख्ने छौ । पछि श्रीमान् विदेशवाट आएर सोध्यो भने सजिलै भन्न सक्छौं ।’ यो भनाई पनि रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित रुपाकोट वित्तिय साक्षरता कक्षाका १९ सहभागी मध्येकी मिरा राईकै हो । मिराको श्रीमान् वैदेशिक रोजगारीका क्रममा छन् । उनी अन्य सहभागी झै विदेशवाट प्राप्त हुने विप्रेषणलाई कसरी वढि आयमूलक क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने कक्षाका सक्रिय सहभागी हुन् ।
रुपाकोट मझुवागढी नगरपालिकाको  तीन वटा वडाहरुमा वित्तीय साक्षारता कक्षा संचालन हुन थालेको छ । त्यही मध्येको एक हो रुपाकोट वित्तिय समूह । हाल उक्त नगरका १, २ र ४ नम्बर वडामा १५ वटा वित्तिय साक्षरता कक्षा संचालन भईरहेको छ ।
 वैदेशिक रोजगारमा गएकाको परिवारका विप्रेषण प्राप्त गर्ने व्यक्तिहरुलाई सहभागी गराएर सञ्चालन गरिने कक्षामा प्राप्त विप्रेषणको बचत तथा आम्दानीमुलक लगानी या खर्चबारे छलफल गरिने १ नम्बर वडा दिक्तेलका वित्तिय साक्षरता सहजकर्ता मिनप्रशाद आचार्यको भनाई छ । उक्त कक्षामा वित्तिय साक्षारताको अवधारणा बचत, बचत योजना, लगानी, परिवार व्याबस्थापन, वित्तिय लक्ष्य निर्धारण, व्याबसायिक योजना, वैदेशिक रोजगार, वीमा, लघु व्यबसाय आदीको विषयमा प्रत्येक हप्ताको १ दिन  गरी २८ हप्ता सम्म कक्षा सञ्चालन गरिने सहजकर्ताहरुले जनाउँछन् । 

वालसेवा समाज नेपाल, नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत बित्तिय साक्षरता कक्षा सञ्चालनमा रहेको हो । उक्त कक्षाको सहभागिहरुले २८ हप्ताको अवधी सम्म विदेशमा भएको सदस्यको महत्वपुर्ण कागजपत्र घरमा पठाई माग्ने साथै प्रत्येक हप्ताको छलफलसँगै व्यबहारिक परिवर्तनमा जोड दिने गर्दछन् । 
कक्षा तथा छलफलमा सहभागीहरुले अनावश्यक खर्च कम गर्ने तथा सानो–तिनो पैसा बचत तथा लगानी गर्नेमा प्रतिबद्द बनेको जनाईएको छ ।
नगरपालिकाको २ नम्बर वडा सोल्मामा प्रमिला दाहाल र ४ नम्बर खाल्लेमा दिनेश बस्नेतले वित्तिय साक्षरता कक्षाको सहजिकरण गरिरहेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post