sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » खोटाङमा एम्बुलेन्स खरिदका लागि अष्टे«लियाबाट ८० हजार सहयोग

खोटाङ मंसिर–१२,  खोटाङको लामिडाडाँ गाउँपालिका–६ हौंचुरमा एम्बुलेन्स खरिदका लागि   अष्ट्रेलियाबाट ८० हजार रुपंैया सहयोग प्राप्त भएको छ । एम्बुलेन्स खरिद अभियान सफल बनाउनका लागि सोही हौंचुर पोखरीका अष्ट्रेलियाबासी अमृत गुरुङले उक्त रकम संकलन गरेका हुन् । 
रोजगारीको शिलशिलामा अष्ट्रेलियामा रहेका गुरुङले एम्बुलेन्स खरिद अभियानलाई सफल बनाउन हौंचुरवासी खोटाङगे, गैर खोटाङगेबाट संकलन भएको रकम ‘एम्बुलेन्स खरिद सेवा’ समितिलाई प्रदान गरेका हुन् । 
स्थानीय गजेन्द्र राईको संयोजकत्वमा गठित समितिले हौंचुरसहित विभिन्न मुलुकमा स्वेच्छिक सहयोग संकलन गरिरहेको छ । पालिकाको ६ नम्बर वडाका लागि एम्बुलेन्स खरिद गर्नलाई गत साउन २६ गते समिति गठन भएको थियो । एम्बुलेन्स खरिदका लागि हालसम्म ८ लाख २० हजार रुपैंयाँ संकलन भईसकेको समिति संयोजक राईले बताउनुभयो । पत्रकार चिसाङ शेर्पाको सहयोगमा ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post