sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » बर्षमान पुनमाथि तेस्रो पटक बम आक्रमण

मंसिर–१, रोल्पाका लागि वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका माओवादी नेता बर्षमान पुनलाई लक्षित गरेर तेस्रो पटक आक्रमण गरिएको छ ।
उपप्रधान तथा विन विभागीय मन्त्री कृष्ण बहादुर महरा, सभामुख ओनसरी घर्ती लगायतका नेताहरुलाई लक्षित गरि रोल्पा नगरपालिका १ भदौरे जङगलमा बम पड्काईएको हो ।
गत शनिबार २५ गते प्रचार–प्रसारको क्रममा सुकिदहबाट घर्तीगाउँ आउँदै गर्दा भित्ताबाङको जङगलमा एम्बुस बिष्फोट भएको थियो । बिष्फोटबाट मानविय क्षति भने भएन । पुनका सुरक्षाकर्मीले जवाफी कारबाहीमा फायरिङ गरेका थिए ।
कडा सुरक्षाबीच घर्तीगाउँ पार गरेर चुनावी सभाका लागि दुईखोली गाउँपालिकाको बाघमारा प्रचार–प्रसारका लागि जाँदै थिए । आइतबार उनै पुनको टोलीलाई लक्षित गरि केउरी खोलाको जङगलमा गोली प्रहार भयो । लगातार फायरिङ भएपछि त्यहाँ पनि प्रहरीले जवाफी फायरिङ गरेको थियो । (न्युज अफ नेपालबाट)

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post