sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » केकी अधिकारीसँग बिनोदको “गुराँस झैं मुहार..”(साथमा भिडियो)

कात्तिक–१८ खोटाङ, यस अघि “आलै छ..” बोलको गीति म्यूजिक भिडियो सार्बजानिक गरिसकेका चर्चित युवा गायक बिनोद राईको “गुराँस झैं मुहार..” बोलको गीति म्यूजिक भिडियो सार्बजानिक भएको छ ।

 चर्चित रियालिटी सो ‘नेपाली तारा सिजन थ्री’ को सातौ स्थान सम्म पुग्दै दर्शक–श्रोताको मन जितेर चर्चा कमाएका गायक राईले आफ्नो एकल गीति एल्बम ‘पारा’मा समाबेश उक्त गीतको भिडियो हालै सार्बजानिक गरेका हुन् । प्रकाश आङदेम्बेको शब्द, बाबु बोगटीको संगीत र विनोद राईको स्वर रहेको उक्त गीतको म्युजिक भिडियोे हाइलाईट्स नेपाल यूट्य्ुव च्यानलमार्फत सार्वजानिक भएको हो । 

इलाम लुम्दे तीनका गायक राईको लोक–पप लयमा आधारित सो गीतको म्युजिक भिडियोमा कला संगौलाको निर्देशन तथा चर्चित मोडल केकी अधिकारी, अनिल सुब्बा र विनोद स्वयंमको अभिनय रहेको छ । उज्वल बस्ताकोटीले छायाकंन गरेको म्युजिक भिडियो काठमाण्डौ उपत्यका भित्रका बिभिन्न स्थानहरुलाई समेटेर तयार पारिएको छ । मौलिक लोक भाकाहरु प्रति रुचि रहेको बताउने राईले यस्ता भाकाको खोज, अनुसन्धान र संरक्षणमा लाग्ने बताउँछन् ।

 चञ्चल तथा मिलनसार स्वभाबका राईले आफुलाई गीतसंगीतमै समर्पित गरेको जनाएका छन् । नेपाली गीतसंगीतप्रेमीले आफुप्रति दर्शाएको मायाँ, सद्भाब र सहानुभूतिलाई शिरोपर गर्दै क्रमशः अन्य गीतसंगीत तथा म्यूजिक भिडियोहरुमार्फत श्रोता–दर्शकबीचमा आफुलाई सदैब उभ्याई राख्ने बिनोदको भनाई छ । हेर्नुहोस भिडियो :

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post