sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ऐतिहासिक तुवाचुङमा चेप्टो ‘वाबु’ बनाईएको भन्दै विरोध

कात्तिक–१९ खोटाङ, खोटाङको ऐतिहासिक तथा पर्यटकीयस्थल तुवाचुङ–जायजुममा चेप्टो आकारको ‘वाबु’ निर्माण गर्न लागिएको भन्दै किरात राई यायोक्खा खोटाङले आपत्ती जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानस्थित तुवाचुङडाँडामा किराती पुर्खा तोयामा, खियामा र रैछाकुलेको ढलौटको प्रतिमा स्थापनार्थ सहयोग गर्ने सहयोगीको नाम लेख्नका लागि किरात राई यायोक्खा केन्द्रीय समितिले चेप्टो आकारको ‘वाबु’ निर्माण गरेको भन्दै यायोक्खा जिल्ला कार्य समितिले भने विरोध गरेको हो ।
 यायोक्खा केन्द्रीय समितिले तुवाचुङमा किराती पुर्खा रैछाकुले, तयामा र खियामाको ढलौटको प्रतिमा राख्ने क्रममा आर्थिक सहयोग गर्ने देशविदेशमा रहेका दाताको नाम लेख्नका लागि करिब ६ फिट चौंडाई र ९ फिट उचाई भएको चेप्टो आकारको सिमेन्टेड ‘वाबु’ निर्माण गरिरहेको छ ।
किरात राई समुदायमा जन्मदेखि मृत्युसम्मका परम्परागत कार्यमा अनिवार्य उपयोग हुने चिन्डो अर्थात वाबुलाई महत्वपूर्ण साँस्कृतिक साधनका रुपमा लिईन्छ । विशेषगरी चिन्डो वा वाबुमा रक्सी, जाँड वा जिर्मा राखेर साँस्कृतिक कार्यमा उपयोग गरिन्छ । ‘ऐतिहासिक थलोमा भएका कामलाई सम्मान गर्नुपर्छ तर, वाबुको आकार गोलो र लाम्चो हुन्छ, चेप्टो हुँदैन,’ यायोक्खाका उपाध्यक्ष राईले भने,–‘साँस्कृतिक साधनको आकृतिलाई गलत तरिकाले देखाउन हुन्न । वाबुको वास्तविक आकृति बनाउनु पर्छ भन्ने हाम्रो माग हो ।’
चेप्टो आकारको वाबुको बाहिरपट्टि मार्बल राखेर करिब ४ सय दाताको नामावली उल्लेख गर्ने यायोक्खा केन्द्रीय समितिले जनाएको छ । यायोक्खा खोटाङले संस्कृतिमैत्री र पुरातात्विक दृष्टिकोणले उपयुक्त विधि अपनाएर किराती पुर्खाको प्रतिमा स्थापना तथा वाबु बनाइनुपर्ने प्रतिमा स्थापना समिति समक्ष माग राखेको छ । किरातीको ऐतिहासिक महत्व बोकेको स्थलको भग्नावशेष समेत विगार्ने गरी संरचना निर्माण गरिएको भन्दै यायोक्खाले विस्तृत गुरुयोजना अनुशार तुवाचुङमा संरचना निर्माण गर्नुपर्ने, प्रतिमा स्थापनाको सामाजिक लेखा परिक्षण तथा सार्वजनिक सुनुवाई गर्नुपर्ने, प्रतिमा स्थापनाको इजाजत र समर्थनका प्रमाण पेश गर्नुपर्ने लगायतका पाँच बुँदे माग राखेको छ । किराती पुर्खाको प्रतिमा स्थापनाका विषयमा नगरपालिका, यायोक्खा जिल्ला कार्यसमिति लगायतलाई जानकारी नगराइएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । किराती पुर्खाको प्रतिमा आगामी मंसिर २ गते अनावरण गर्ने कार्यक्रम छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post