sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » कोपिला राईको कमाण्डमा महिलाले गराए मतदान

खोटाङ मंसिर –१० ,   १ सय ७९ मतदान केन्द्र रहेको खोटाङमा एउटा केन्द्रमा भने महिला कर्मचारीले मात्रै मतदान गराएका छन् । जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका अन्र्तगतको पञ्च माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान अधिकृत कोपिला राईको कमाण्डमा पुरुष कर्मचारी विनै महिलाहरुले मतदान गराएका हुन् ।  
 निर्वाचन आयोगमा पनि मतदान गराउने कार्यमा महिला मात्र खटेको केन्द्रको रुपमा  उक्त केन्द्र सूचिकृत भएको छ ।
महिलाले मात्र सम्भव हुन्न भन्ने सोच परिवर्तन गराउनकै लागि महिला कर्मचारी र सुरक्षाकर्मी मात्रको सहभागितामा मतदान गराउन खटिएको अधिकृत राईले प्रष्ट्याँदै मतदान प्रक्रिया अगाडी बढाउन कुनै असहज नभएको मतदान अधिकृत राईले जनाईन । 
जिल्लामा कोपिला सहित मतदान अधिकृतमा  ५ जना खटिएका छन् । सोही नगरपालिका–३ स्थित साबित्रा माबि बाम्राङको ‘ख’ केन्द्रमा गीता न्यौपानै भट्टराई, दिपु्रङ गाउँपालिका–स्थित याम्खाको ‘ख’ केन्द्रमा रसा प्रधान खटिएका हुन् । यस्तै लामिडाँडा गाउँपालिका तिर्पाको गुप्तेश्वर आधारभुत बिद्यालय केन्द्रमा बसन्तकुमारी श्रेष्ठ र खोटेहाङ गाउँपालिका वडकादियालेको गाबिस भवन केन्द्रमा मञ्जु राई मतदान अधिकृत रहेको जिल्ला निर्बाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post