sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » निर्वाचनको पुर्बसन्ध्यामा मादक पदार्थ बिक्रीमा रोक


खोटाङ मंसिर–९,  आईतबार हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्बाचनलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मादक पदार्थको बिक्री वितरणमा कडाई गरेको छ । मादक पदार्थ सेवनका कारण निर्वाचनको वाताबरणमा खलल पुग्नेतर्फ मध्यनजर गर्दै शनिबार साँझ ७ बजेदेखि हरेक बजार तथा मतदानस्थल आसपासका होटल तथा पसलमा मादक पदार्थ बिक्रीवितरण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । 
अधिकारीका अनुसार मादक पदार्थको बिक्रीवितरण रोक्नका लागि हरेक ठाउँमा प्रहरीको गस्ती खटाईएको छ । मादक पदार्थ सेवनका कारण हुने हो–हल्ला, झै–झगडा लगायतका अपराधिक क्रियाकलापले निर्वाचनमा असर पुग्ने भएकाले प्रशासनले साँझपछि मादक पदार्थको बिक्रीवितरणमा रोक लगाएको हो ।
कतिपय मतदातालाई दलका प्रतिनिधिले मादक पदार्थ सेवन गराएर समेत प्रभावित पार्ने भएकाले समेत मादक पदार्थको बिक्रीवितरणमा कडाई गर्नुपरेको प्रशासनले जनाएको छ । प्रशासनले राजनैतिक दलका प्रतिनिधिबाट भोजभतेर हुनसक्ने सम्भावित ठाउँमा समेत दिउँसैदेखि प्रहरीको गस्ती खटाएको जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post