sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » ‘फेरि पनि खोटाङ र खोटाङेको सेवा, विकास गर्ने मौका दिनुहुनेछ,’ : राकेश राई

कात्तिक–२५, बेलायती सेनाबाट अवकाशपछि बेलायत बस्ने अवसर त्यागी समाजसेवामा समर्पित राकेश राई संघीय समाजवादी फोरमको समानुपातिक सूचीमा परेका छन् । रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा खोटाङनिवासी काठमाडौंमा बसेर विभिन्न सामाजिक संघ–संस्थामार्फत सामाजिक सेवाका समर्पित छन् ।
देश र जनताको विषयमा बढी चासो राख्ने र आफ्नो गृहजिल्ला खोटाङवासीलाई आपतविपत परेको बेला उनले मलमपट्टी लगाउँदै आएको सर्वविदितै छ । संघीय समाजवादी फोरमले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीमा प्रतिनिधिसभातर्फ उनको नाम समावेश गरिएको छ ।
जनताका सुख दुःखमा काम गर्दै आएका राई खोटाङ सेवा समाज अध्यक्षसमेत हुन् । उनले आफ्नो कार्यकालमा खोटाङे जनताको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्थानीयको सुख दुःखमा साथ दिँदै आएका थिए । उनले खोटाङ र खोटाङेका निमित्त साढे १७ वर्ष निरन्तरदेखि निःस्वार्थ सेवा गर्दै आएका छन् । समग्र खोटाङ विकासका निमित्त, गरिब, निमुखा, असहाय तथा अशक्तका निमित्त, दुर्घटना हँुदा अहोरात्र खटी, खोटाङ र खोटाङेप्रतिको आस्था, माया र प्रेम गरेर यातायात, शिक्षा, स्वास्थ्य, शान्ति र समृद्धि बनाउन राई नेता बनेर जिल्लावसीलाई सहयोग गर्ने बताए । उनले भने, ‘यदि खोटाङको माया (भोट) ले जितें भने राज्यबाट दिइने सबै सुविधा नलिई जिल्लाकै विकास निर्माणमा खर्चिन्छु ।’
तपाईं यत्तिका वर्ष समाजसेवामा लागिपरेको मानिस एकाएक राजनीतिमा लाग्नुभयो कसरी भन्ने पंक्तिकारको जिज्ञासाको उत्तर दिँदै उनले सुनाए, ‘सामाजिक काम गर्दा, सामाजिक संघ–संस्थाको अध्यक्षभन्दा माथि सल्लाहकार र सल्लाहकारभन्दा माथि पदीय दायित्व नहुने हुँदा राष्ट्र र राष्ट्रियताको सवालमा राजनीति गर्नुपर्ने भएकाले राजनीतिमा लागेको हुँ । ससफोसँग मेरो विचार मिलेकाले यता लागेको उनले सुनाए ।
‘फेरि पनि खोटाङ र खोटाङेको सेवा, विकास गर्ने मौका दिनुहुनेछ,’ उनको भनाइ छ, ‘सबैलाई हेर्यौं पटक–पटक राकेश राईलाई हेरौं यसपटक ।’ (तेश्रो आँखा डट कमबाट सयन्द्र राईको समाचार )

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post