sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » » वैदेशिक रोजगारीले बेसहारा बनेका खोटाङका बालबालिका भन्छन् : “हामी पढ्ने र बस्नेको त टुङ्गै छैन”

सरिता राजभण्डारी /खोटाङ,
मंसिर–६, “ला, यो दुध खा, तेरो आमा पोईलो गईहाल्यो, भनेर माथिल्लो घरको छिमेकिले दुध दिदाँ खानै मन लागेन र त्यस दिन देखि काहि जान हिड्न मन नै लाग्दैन । त्यतिमात्रै काहाँ होर स्कुलमा सबै साथिहरुले यस्को तँ आमा पोईलो गएको हो नि, बुवा बिदेशमा हुदा,अर्कै केटाको पेट बाकेकोले भन्दै खिल्ली उडाउदै हास्थ्यो । त्यपछि स्कुल नै जान मन लाग्दैन भनेर बताउनु भयो  ८ बर्षिय बिबस (नाम परिबर्तन)भुजेलले ।” दुई महिना अगाडि भुजेलको बुवा कतारबाट आउँदा परिवारको सबै जनालाई धेरै सामान लिएर आएको थियो । परिवारमा खुसियालि थियो । तर भुजेलको आमा पाचँ महिनाको गर्वभवति छ भन्ने कुरा थाहा भए पछि परिवारको सबै खुसि भताभुङ्ग भयो । भुजेलको आमालाई मेडिकल चेकअप पछि गर्बवति भएको एकिन भएले त्यहि केटालाई जिम्मा लगाईयो । त्यहि दिन देखि बिबस भुजेल एक्लो भयो । बुवा पनि फेरी बिदेश नै फर्किए । बुढेसकालको हजुरबा र आमा साहारा भएको छ बिबस भुजेलको ,यो तँ एउटा उदाहरणी पात्र मात्र हुन् हाम्रो सामाजमा यस्ता धेरै बालकालिकाहरु छन् जो आमा बुवाको साथ बिना बाचिरहेका छन् ।
“हामी पढ्ने र बस्नेको त टुङ्गै छैन । कहिले सदरमुकाममा कहिले आफन्तकोमा कहिले काहाँ यसरी नै हाम्रो दिनहरु गईरहेको छ । जब हाम्रो बुवा बिदेशबाट घर फर्किन २ महिना बाकी हुदाँ आमा गाउँ कै १८ बर्षिय केटा सगँ पोईलो गए ।बुवा आउनु भयो तर आएको ३ महिना पछि कान्छि आमा ल्याउनु भयो ।कान्छि आमा ल्याउनु भए पछि बुवाले हामिलाई ( म, मेरो भाई (९बर्ष) र बहिनी (७बर्ष)पनि सदरमुकाम उहाँहरु सगै लानु भयो ।सदरमुकाममा ज्यामी काम गरेर छाक टार्नु हुन्थ्यो ।बुवा र कान्छि आमा रक्सी खाएर सधै झगडा गरिरहने भएकोले सदुमुकाममा पनि राम्ररी पढ्न सकिएन । बुवाले फेरी हामीलाई गाउँमा नै फर्काई दिनु भयो ।फेरी स्कुल परिबर्तन गर्नु पर्यो । भाईलाई कान्छि फुपुले लिएर गयो ,साहुले घरजग्गा पनि लगि सक्यो, म र बहिनी ७२ र ६५ बर्षिय हजुरबा र हजुरआमासगँ बसेका छौ । भनेर बताउनु हुन्छ १० बर्षिय मुकेश ढकाल (नाम परिबर्तन)।”यी बालबालिकाहरु कक्षा ३, २र १मा पढ्दै छन् । यसरी पढाई र बासाईको टुङ्गो नहुने बालबालिका धेरै रहेको छ ।त्यसै गरि कक्षा ३ मा पढ्दै गरेकी ९ बर्षिय सम्झना बि.क. (नाम परिबर्तन) भन्नु हुन्छ “म कक्षा २ मा पढ्दै गर्दा बुवा बिदेश जानु भयो । बुवा बिदेश गएको ५ महिना पछि बहिनी जन्मियो । बहिनी जन्मिए पछि तँ बुुवाले फोन गर्न छाड्नु भयो ।पैसा तँ कहिले नै पठाउनु भएन ।आमाले अरुको मोबाईलबाट फोन गर्दा पनि तँ अझै मरेको छैनस् भनि आमालाई बुवाले काराउनु हुदोरहेछ ।आमाले रुदै सुनाउनु हुन्छ । आमाले माउली र खेताला पात गरेर हामीलाई पढाउनु ,लाउनु र खानु गर्दै हुनुहुन्छ ।गाउलेले भने अनुसार बुवा बिदेशबाट फर्किएर बिराटनगरमा घडेरी किन्नु भएको छ अरे तर हामीलाई सम्पर्क गर्नु भएको छैन ।”
बास्तबमा यस्ता खाल्को घटनाहरुले बालबालिका र बृद्घाहरुमा मानसिक समस्या हुन्छ । त्यसैले खोटाङमा बैदेशिक रोजगारको कारणले परिवारमा भएको समस्याहरुलाई न्युनिकरण गर्ने उदेश्यले नबकिरण सेवा समाज नेपालद्घारा सञ्चालित सामी परियोजनाले ब्यक्तिगत र सामुहिक रुपमा मनोसामाजिक परामर्श दिदै आएको छ । यसता खाल्का समस्याहरुलाई कम गर्न हामी सबै सरोकारवाला निकायहरुको आवश्यकता पर्दछ ।                                            -उज्यालो अनलाईनबाट

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post