sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » अल्ट्रा धाविका मिराको गाउँमा ट्रेल रनिङ प्रतियोगीता

खोटाङ  कार्तिक–१८, भोजपुुर, विश्व सामु देश र आफ्नो नाम परिचित गराउन सफल अल्ट्रा धाविका मिरा राईको गाउँ भोजपुरमा ट्रेल रनिङ प्रतियोगिता हुने भएको छ । रिमाचुङ स्र्पोट्स एण्ड एजुकेशन एकेडेमी भोजपुरको आयोजनामा आगामी मंसिर दुई गतेको लागि टे«ल रनिङ प्रतियोगिताको तयारी गरिएको हो । 
अल्ट्राधाविका मिरा राईले नेपाल र आफ्नो नाम विश्व सामु चिनाएका कारण मिराको सम्मान  र आगामी दिनमा यस्ता खेलाडी उत्पादन गर्ने उद्येश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । १७ किलो मिटरको दुरीमा सम्पन्न हुने प्रतियोगिता पौवादुम्मा गाउँपालिकाको सानोदुम्मा बाट सुरु गरी भोजपुर टुँडिखेलमा समापन गरीने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराउका छन् । प्रतियोगितामा प्रथम, दोश्रो, तेस्रो, चौथो र पाँचौ हुने महिला पुरुष दुवैले क्रमश दश हजार, आठ हजार, छ हजार,चार हजार र दुई हजार रुपैंयाँ नगदका साथमा मेडल तथा प्रमाण–पत्र प्राप्त गर्ने जनाईएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post