sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » ‘वामपन्थी दलहरुप्रति जनताको ठूलो भरोशा छ ’ : टंक राई



खोटाङ कात्तिक–२८,  नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य टंक राईले वामपन्थी दलहरुप्रति जनताको ठूलो भरोशा भएको बताएका छन् । आसन्न चुनावका प्रचारप्रसारका लागि गृह जिल्ला खोटाङमा खटिएका पूर्व सांसद समेत रहेका राईले मङ्गलबार पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । 
सदरमुकाम दिक्तेलस्थित सञ्चार सदनको कार्यालयमा भएको पत्रकारहरुसँगको कुराकानीमा बाम गठबन्धन कसैका विरुद्ध लक्षित नभई स्थिर र प्रगतिशील सरकार गठबन्धनका लागि भएको जनाउँदै यस प्रति जनताको बलियो भरोशा भएको बताएका हुन् । देशमा स्थिर सरकार नहुँदा विकास निर्माणका गतिविधि अगाडि बढ्न नसकेको भन्दै उनले निर्वाचनपछि देशले विकासको गति लिने दाबी गरे । 
“२००७ सालबाट जनताको छोरा प्रधानमन्त्री हुन पाउने व्यवस्था भयो ।” उनले भने, “त्यस यता कुनैपनि प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूरा गर्न सकेन । कार्यकाल पूरा गर्न नपाउँदा देश पछाडि परेको कुरालाई ध्यानमा राखेर वामपन्थी दलहरुबीच गठबन्धन गरिएको हो ।”
राईले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याउने दाबी गरे । “वामपन्थीकै कारण नेपालमा संविधान जारी भएको छ ।” पुर्ब सांसद राईले भने “जारी संविधानलाई संस्थागत गर्दै आगामी दिनमा मूलुकलाई निकास दिन दुई शक्तिबीच गठबन्धन गरिएको हो ।” 
वामपन्थीहरुहरुबीच गठबन्धन गरेको देखेर नेपाली कांग्रेसले लोकतन्त्र खतरामा पा¥यो भन्ने गलत प्रचार गरिरहेको पनि उनले आरोप लाए । “लोकतन्त्र प्राप्तिका लागि वामपन्थी दलले रगत बगाएका छन् ।” उनले भने, “बरु काँग्रेसले बहुमत ल्याएको अवस्थामा लोकतन्त्र बढी खतरामा परेको छ । २०१५ साल, २०४८ र २०५६ मा काँग्रेसले बहुमत ल्याएकै हो । कांग्रेसको बहुमत भएकै अवस्थामा ज्ञानेन्द्रले कु ग¥यो ।”
कांग्रेसबाट लोकतन्त्रको रक्षा सम्भव नहुने कुरा जनताले समेत बुझिसकेको उनले दाबी गरे । “लोकतन्त्रको रक्षा वामपन्थीहरुबाट मात्रै सम्भव छ ।” राईले स्पष्ट पार्दै भने, “गठबन्धन बल पूर्वक नभइ जनताको अभिमतकै आधारमा गरिएको हो ।”
    नेता राईले  चुनाबी गतिबिधिमा हिँडिरहेको समयमा बिभिन्न स्थानमा आफ्ना उम्मेदवारहरुलाई लक्षित गरेर भएको आक्रमणहरुको समेत निन्दा गरेका छन् । सो आक्रमणहरुको भतर््सना गर्दै उनले उम्मेदवारको सुरक्षा सरकारले दिन सक्दैन भने वामपन्थी दल आफैले गर्ने बताए । देशमा वाम गठबन्धनका उम्मेदवारमाथि भएको श्रृखलावद्ध घटनामा सरकार उदासिन देखिएको उनको आरोप छ । “उम्मेदवारलाई लक्षित गरेर दैनिकजसो बम आक्रमण भइरहेको छ ।” उनले बोले, “अहिलेको सरकार यही बहानाबाजी बनाएर निर्वाचनलाई  प्रभावित पार्ने षड्यान्त्रमा लागेको छ की भन्ने, आशंका पनि गर्न सकिन्छ ।” 
करिब आधा घण्टा भएको कुराकानीमा उहाँले वाम गठबन्धनको जीत सुनिश्चित देखेर कायरहरुले गठबन्धनका उम्मेदवारमाथि भौतिक आक्रमण शुरु गरेको उल्लेख गरे । 
गठबन्धनको सरकारले देशलाई आगामी दश वर्षभित्र अहिलेको अविकसित अवस्थाबाट निकालेर विकासशील अवस्थामा पु¥याउने दाबी समेत राईको थियो । दश वर्षभित्र प्रतिव्यक्ति आय पाँच हजार डलर पु¥याउने लक्ष्यसमेत राखिएको उनले जनाए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post