sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङका मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम

खोटाङ मंसिर–१,  आगामी मंसिर १० गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सुरु गरिएको छ । जिल्लामा मतदानस्थलको तयारी, मतदान प्रकृया एबं मतगणना सम्वन्धी जानकारी दिनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सुरु गरिएको हो ।
 जिल्लाको ऐसेलुखर्क, केपिलासगढी, दिप्रुङ, खोटेहाङ, बराहपोखरी र जन्तेढुंगा गाउँपालिकाभित्रका ९२ मतदान अधिकृत र ९२ सहायक मतदात अधिकृतका लागि शुक्रबार र शनिबार तालिमको आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । 
बाँकी रहेका रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, लामीडाँडा गाउँपालिका र साकेला गाउँपालिकाका मतदात अधिकृत र सहायक मतदात अधिकृतलाई मंसिर ३ र ४ गते तालिम दिइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ७९ वडा रहेको खोटाङमा मंसिर १० गते हुने निर्वाचनका लागि जिल्लामा १ सय ३६ मतदानस्थल र १ सय ७९ मतदान केन्द्र तोकिएका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post