sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » खोटाङमा उम्मेदवार तथा जनप्रतिनिधि लगायत ६ ब्यक्तिको घरजग्गा कब्जा


खोटाङ कात्तिक–३०, खोटाङमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यका उम्मेदवार तथा जनप्रतिनिधि लगायत ७ को घरजग्गा कब्जा गरेको छ । नेकपाले वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार बन्नुभएको पूर्ब सांसद विशाल भट्टराई र कांग्रेसबाट प्रदेशसभा खोटाङ क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार सुवाशकुमार पोखरेलको घरजग्गा कब्जा गरेको घोषणा गरेको छ । 
विप्लब नेतृत्वले हलेसी चुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई, लामिडाँडा गाउँपालिकाको प्रमुख लिलानाथ निरौला तथा सोही नगरपालिकाको राप्रपा नेता चन्द्रसिं बस्नेत र गिरिराज बस्नेतको घरजग्गा कब्जा गरिएको विज्ञप्तिमार्फत घोषणा गरेका हुन् । रातको समयमा गाँउ पस्ने नेकपाका कार्यकर्ताले घरको आँगनमा पार्टीको झण्डा गाड्नुका साथै घरजग्गा कब्जा भएको विज्ञप्ति घरको भित्तामा टाँस्ने गरेका छन् । 
दिउँसो नभेटिने नेकपाका कार्यकर्ताले फोनमार्फत चन्दा माग्नुका साथै आसन्न निर्वाचनका लागि उम्मेदवारी दिएका नेताहरुलाई आफूले दिएको उम्मेदवारी फिर्ता लिन पटकपटक दबाब दिने गरेको बताईएको छ । 
नेकपाका कार्यकर्ताको ज्यान धम्की तथा गतिविधिका बारेमा सुरक्षा निकायलाई समेत जानकारी गराइसकेको लामिडाँडा गाउँपालिका प्रमुख निरौलाले बताउनुभयो जिल्लामा नेकपा कार्यकर्ताको गतिविधिका विषयमा गम्भीर भएर अनुसन्धान थाल्नुका साथै प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो । जिल्लामा आसन्न निर्वाचनलाई प्रभावित पार्न नेकपाले उक्त गतिविधि सञ्चालन गरेको अनुमान गरिएको छ । 
कब्जा गरिएको घरजग्गा स्थानीय जनताले उपभोग गर्ने नेकपाले जनाएको छ । नेकपाका कार्यकर्ताले जिल्लाका उद्योगी÷व्यापारीलाई समेत ठूलो मात्रामा चन्दा आतंक मच्याएको पाइएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post