sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » वाम गठबन्धनको समानुपातिकमा पूर्व सभाषददेखि नायकसम्म

खोटाङ कात्तिक–१९,  आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको समानुपातिक उम्मेदवारमा पूर्व सभाषद्देखि नायकसम्म रहनुभएको छ । गठबन्धनको ठूलो दल नेकपा (एमाले)बाट प्रतिनिधिसभामा खगेन्द्र राई र दिलकुमारी राई तथा प्रदेशसभामा उषाकला राई र हरिकुमार पोखरेलको समानुपातिक उम्मेदवार बन्नुभएको हो । 
खगेन्द्र एमालेको भातृ संगठन जन साँस्कृतिक महासंघको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा छिर्नुभएका राईको नाम जनजाति कोटाको दोस्रो नम्बरमा रहेको छ । प्रतिनिधिसभाकै महिलातर्फको उम्मेदवार बन्नुभएकी दिलकुमारी पार्टीको जिल्ला सदस्य हुनुहुन्छ । 
समानुपातिकबाट प्रदेशसभा सदस्य उम्मेदवार बन्नुभएकी उषाकला पूर्व सभाषद् हुनुहुन्छ । उहाँ २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाटै सभाषद् बन्नुभएको थियो । प्रदेशसभाको अर्का उम्मेदवार पोखरेल पार्टीको जिल्ला सचिवालय सदस्य हुनुहुन्छ । 
गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यमा पोलिट ब्युरो सदस्य एवम् पूर्व सभाषद् समिता कार्की (अस्मिता) र प्रदेशसभामा नायक नवल खड्का र पुष्पशंकर विश्वकर्मा उम्मेदवार बनेका छन् । अस्मिता २०६४ सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सभाषद् हुन् ।
समानुपातिक तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार नायक खड्का नेपाल चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्ष हुनुहुन्छ । विश्वकर्मा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य हुनुहुन्छ । 
उता, नेपाली काँग्रेसमा प्रतिनिधिसभामा पूर्व सभाषद् हिरा गुरुङ र महाअधिवेशन प्रतिनिधि वीरकाजी राईको नाम परेको छ । काँग्रेसबाट प्रदेशसभामा कसैको पनि नाम परेको छैन । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post