sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » मतदाता परिचयपत्र हराएका मतदाता अलमलमा

खोटाङ कार्तिक–२८,  यसअघि लिएको मतदाता परिचयपत्र हराएका खोटाङका मदताता  
मत हाल्न पाउने÷नपाउने भन्नेमा अलमलमा परेका छन् । मतदाता परिचयपत्र हरुाएका मतदाताहरु आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुन पाउने÷नपाउने भन्नेमा अलमलमा परेका हुन् । 
 मतदाता परिचयपत्र हराएका मतदाताको हकमा निर्वाचन आयोगले हालसम्म स्पष्ट धारणा नदिँदा त्यस्ता मतदाता आसन्न निर्वाचनमा भोट हाल्न पाउने वा नपाउनेमा अन्योलमा परेका हुन् । निर्वाचन कार्यालयका अनुशार खोटाङमा आसन्न निर्वाचनमा मत हाल्ने मतदाता संख्या १ लाख २५ हजार १ सय ८३ छन् । 
मतदाता नामावलीमा नाम समावेश भएका तर परिचयपत्र हराएका मतदाताले आगामी निर्वाचनमा मत खसाल्न पाउने÷नपाउने भन्ने विषयमा आयोगको धारणा नआउँदा अन्योल छाएको स्थानीयले बताएका छन् । परिचयपत्र हराएका मतदाताको विषयमा आयोगको स्पष्ट धारणा नआएसम्म आफुसँग आाधिकारिक जवाफ नभएको मूख्य निर्वाचन अधिकृत किशोर घिमिरेले  बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post