sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » खोटाङमा एभीन्युज र जनबोली न्युज नेटवर्कका पत्रकारमाथि दुब्र्यवहार

खोटाङ मंसिर–९, खोटाङमा समाचार सङ्कलन गर्न गएका दुई पत्रकारमाथि भएको दुव्र्यवहारप्रति प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल खोटाङले आपत्ती जनाएको छ । नेपाली कांग्रेस र वाम गठबन्धनबीच भएको झडपको समाचार सङ्कलन गर्न घटनास्थल पुगेका प्रेस चौतारीका केन्द्रीय कोषाध्यक्ष तथा जनबोली न्युज नेटवर्कका सम्पादक इन्द्र आचार्य र चौतारीकै केन्द्रीय सदस्य तथा एभीन्युज टेलिभिजनको संवाददाता हरिबोल आचार्यमाथि शुक्रबार साँझ भएको दुब्र्यवहारप्रति दुवै संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ती जनाएको हो ।  
कांग्रेसले रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको आचार्य गाउँमा शुक्रबार बेलुका आयोजना गरेको भोजलाई वाम गठबन्धनका कार्यकर्ता गएर भाँडेपछि भएको झडपको समाचार सङ्कलनमा गएका पत्रकारहरुको सञ्चार सामग्री, मोटरसाइकल, ब्लुबुक लाइसेन्स्, सिक्री, एटिएम कार्ड सहितका कागजात समेत खोसिएको विज्ञप्ती मार्फत जनाइएको छ । समाचार संकलनका लागि खटिएका पत्रकारमाथि भएको दुब्र्यवहारप्रति आपत्ति जनाउदै चौतारीका जिल्ला सचिव सुनिता मगर र सेन्टरका जिल्ला अध्यक्ष सुर्य तामाङले शनिबार जारी गरेको विज्ञप्तिमा दुब्र्यवहार गर्नेमाथि तत्काल कानुनी कारबाहीको माग गरिएको छ । 
कांग्रेस र वाम गठबन्धनबीच झडप भएको स्थलबाट चार वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । झडपमा वाम गठबन्धनका कार्यकर्ता तथा एमाले नगर कमिटि सदस्य गोपाल आचार्य घाइते भएका छन् । 
घाइते आचार्यको दिक्तेलस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उनको टाउको, नाक, हात तथा शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको अस्पताल स्रोतले जनाएको छ । 
झडपका क्रममा वाम गठबन्धनका सुवाश आचार्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो । कांग्रेसले निर्वाचन आचासंहिता विपरित आयोजना गरेको भोज खुवाईरहेको बेला वाम गठबन्धनले बिथोलेपछि झडप भएको बताइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post