sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » रुखमा छाप लगाएका ५० मतपत्रसहित मतदान अधिृकत पक्राउ

मंसिर–१०, कांग्रेसको चुनाव चिन्ह रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित नुवाकोटमा एकजना मतदान अधिृकत पक्राउ परेका छन् ।
जिल्लाको क्षेत्र नम्बर २ स्थित ताराकेश्वर–२ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रुखमा छाप लगाएका ५० वटा मत सहित समातिएका हुन् ।
रुखमा छाप लगाएर मतपेटिकामा खसाउन लागेको अवस्थामा उनलाई स्थानीयबासी र वाम गठबन्धनका कार्यकर्ताले समातेर प्रहरीलाई बुझाएका थिए ।
पक्राउ परेका बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय नुवकोटतर्फ ल्याइरहेको छ । यसबारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलले केही प्रतिक्रिया दिएको छैन । न्युज अफ नेपालबाट ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post