sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » बिस्फोट, विवाद तथा झडपको बेवास्ता गरे मतदाताले : खोटाङमा उल्लासपूर्ण सहभागिता

खोटाङ मंसिर–१०,  एक लाख २५ हजार १ सय ८३ मतदाता रहेको जिल्लामा करिब ५५ प्रतिशत बढी  मत खसेको छ । जिल्लास्थित १ सय ३६ स्थानमा तोकिएको एक सय ७९ मतदान केन्द्रमा भएको मतदानमा अपेक्षित मतदान भएको हो । 

बम बिस्फोट
बिहान ७ बजे मतदान शुरु भए लगत्तै जिल्लाको साकेला गाउँपालिका–१ स्थित बाँझे च्यानडाँडा केन्द्र नजिकै बम बिस्फोट भएको थियो । मतदाता तथा मतदान कार्यलाई आतंकित बनाउने उदेश्यले बिस्फोट गरिएको हुन सक्ने सुरक्षा निकायले जनाएको थियो । तथापी, सहज र निर्बाध ढंगबाट मतदाताले मतदान गरेका थिए । 
मतदान स्थगित र पुनः सुचारु
जिल्लाको दिप्रुङ गाउँपालिका–७ टेम्मास्थित शान्ति माबि केन्द्रमा एकै ब्यक्तिले धेरै जनाको मतदान गरेको विषयमा उत्पन्न बिबादपछि स्थगित गरिएको मतदान पुनः सुचारु भएर सम्पन्न भएको थियो ।  दुईभन्दा बढि मतदाताको मत एकै ब्यक्तिले खसाल्दिन लागेको विषयमा शुरु भएको बिवादले उग्र रुप लिएपछि स्थगित गर्नुपरेको मतदान प्रक्रियालाई पूनः सर्बदलीय–सर्बपक्षीय सहमतिमा सूचारु गरिएको थियो । 
यस्तै, रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माबि केन्द्रमा भएको विवाद पनि हल गरेर सहज तबरले मतदान सुचारु गराइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको थियो ।

एक सय ६ बर्षियको मतदान 

जिल्लामा १ सय ६ वर्षीय मनिसुन्दर बजिमयले रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलको सरस्वती मावि केन्द्रबाट मतदान गर्नुभएको छ ।
रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारका मणिसुन्दर बजिमयले सोही नगरको सरस्वती माबिको (ख)केन्द्रबाट प्रदेश तथा प्रतिनिधिसभाका निर्बाचनमा मतदान गर्नुभएको हो । 
निकटतम प्रतिस्पर्धीहरुको कुन–कुन केन्द्रबाट मतदान ?

जिल्लामा निकटतम प्रतिस्पर्धीको आँकलन गरिएको कांग्रेस प्रतिनिधिसभा उम्मेदवार सरस्वती बजिमयले दिक्तेलको सरस्वती मावि मतदान केन्द्रमा र वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले भगवती मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।  यस्तै, कांग्रेसको तर्फबाट प्रदेशसभा खोटाङ (क)का उम्मेदवार सुवाशकुमार पोखरेलले खार्पाको सारदा मावि केन्द्रमा, कांग्रेसको तर्फबाट प्रदेशसभा खोटाङ (ख)का उम्मेदवार विष्णकुमार राईले दिपु्रङ गाउँपालिका–छोरम्बुको याङखा मावि केन्द्रमा मतदान गर्नुभएको छ । यता, वाम गठबन्धन प्रदेशसभा खोटाङ (क)का उम्मेदवार राजन राईले केपिलासगढी गाउँपालिका–बास्पानीको राष्ट्रिय मावि केन्द्रमा र बामकै प्रदेशसभा खोटाङ (ख)का उम्मेदवार रामकुमार राईले रतन्छाको साकेला मावि केन्द्रमा मतदान गर्नुभएको छ ।
 रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाको मतपेटिका आइतबार दिक्तेलस्थित मुख्य निर्वाचन कार्यालयमा ल्याइएको छ । अन्य आठ गाउँपालिकाको भने सोमबार विहान ल्याइने खत्रीले जनाउनुभयो । सुरक्षालाई मध्यनजर गर्दै मतपेटिका सम्वन्धित पालिकामा राखेर ल्याइने खत्रीको भनाई छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post