sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » राजेशपायललाई अमेरिकामा ठूलो सम्मान, हरेक वर्ष ‘राई इज किङ डे’ मनाईने


कात्तिक–२१,  खोटाङको बुइपामा जन्मिएका चर्चित गायक राजेपायल राईलाई अमेरिकामा हाल सम्मकै ठूलो सम्मान दिइएको छ । अमेरिकाको रोचेस्टर सिटीले गायक राईको नाममा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभल मनाउने टुंगो गर्दै सम्मान गरेको हो । राईलाई रोचेस्टर सिटीले ‘इन्टरनेशनल पप स्टार’को उपाधि समेत प्रदान गरेको जनाईएको छ । 
भर्सस्टाईल गायक राईलाई अमेरिकाको रोचेस्टर सिटीका मेयर लभ्ली वारेन र डाइरेक्टर डेपुटी मेयर डा. केर्डिक एल. अलेक्जन्डरले रोचेस्टर सिटी हलमा संयुक्त रुपमा गायक राईलाई प्रमाण–पत्र सहित सम्मान गरेका हुन् । 
कार्यक्रममा बोल्दै डेपुटी मेयर डा. अलेक्जन्डरले अब रोचेस्टर सिटीमा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभलको रुपमा मनाउंने घोषणा गरेका हुन् । नेपाली कलाकारलाई अमेरिकामा अहिलेसम्मकै ठूलो सम्मान प्रदान गरेको भन्दै राईले रोचेस्टर सिटीप्रति आभार व्यक्त गरेका छन् । 
कार्यक्रम अहिलेसम्म कै भव्य–सभ्य र यति ठूलो पदाधिकारीबाट नेपाली कलाकार सम्मानित भएको आयोजक विजय खड्काले बताए । नेपाली कलाकारलाई विमानस्थलबाट अमेरिकी प्रहरीले कार्यक्रम स्थलसम्म सुरक्षा प्रबन्ध दिएको यो पहिलो पटक भएको खड्काको भनाई छ ।
कार्यक्रममा राईले ‘थाहा पाएँ दोबाटोमा..’, ‘नमाग मसँग सहारा नमाग..’, ‘तिमीले बाटो फेर्यौ अरे..’, ‘दर्शन नमस्ते– ३’, ‘दर्पण छायाँ–२’, ‘झिमझिम गर्ने परेली..’ लगायत गीत गाएर भरपूर मनोरञ्जन दिएका थिए ।
गायक राई डिसेम्बर २५ तारिख हङकङ जाने कार्यक्रम रहेको छ । ( एच के नेपाल डट कममा प्रकाशित पशन तमूको समाचार ।) 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post