sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » नगरपालिकाभित्रका गरिबलाई जस्तापाताको छानो

खोटाङ कार्तिक–२०,  निम्न आर्थिक अवस्थाका कारण आवासमा छानो हाल्न नसक्ने खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिकाभित्रका घरपरिवारलाई लक्षित गरेर ‘गरिबलाई छानो कार्यक्रम’ लागू गरिएको छ ।  ‘गरिबलाई छानो कार्यक्रम’ अन्तरगत छानो हाल्न नसक्ने नगरबासी परिवारलाई छनौट गरेर छानो हाल्ने जस्तापाता उपलव्ध गराउन थालिएको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । 
नगरपालिकाका–८ नम्बर वडा दोर्पाचिउरीडाँडाबाट गरिबलाई छानाका लागि जस्तापाता दिन थालिएको हो । छाना हाल्न नसक्दा चित्रा र प्लाष्टिकको छाना लगाएका परिवारलाई लक्षित गरेर दोर्पाचिउरीडाँडबाट सुरु गरिएको कार्यक्रम क्रमशः १५ वडामा विस्तार गरिने मेयर रिजालको भनाई छ । निम्न आर्थिक स्तरका परिवारलाई पनि जस्तापाताको छानामुनि बसाउने नगरपालिकाको लक्ष्य रहेको मेयर रिजालको भनाई छ । नगरपालिकाका अनुशार दोर्पाचिउरीडाँडामा छानाका लागि जस्ता पाउने १५ घर परिवार छन् । 
वडा कार्यालयले बनाएको मापदण्ड र निरीक्षणका आधारमा गरिब घर परिवार छनौट गरेर आवश्यक जस्तापाता प्रदान गर्ने व्यवस्था मिलाइएको छ । वर्षाको समयमा चुहिने छानामुनि जीवन विताउन बाध्य घरपरिवारलाई घरको आकार अनुसार आवश्यक जस्तापाता प्रदान गर्ने गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले असोज २५ र २६ गतेको नगरसभाले पारित गरेको नीति तथा कार्यक्रम अनुसार गरिबलाई जस्ता दिन थालेको हो । सुरुमा प्रमाण–पत्र सोही आधारमा जस्ता प्रदान गरिरहेको जनाइएको छ । लोकतान्त्रिक गठबन्धनमा आवद्ध नेता तथा कार्यकर्ताले भने आचारसंहिता उल्लंघन गर्दै निर्वाचनको समयमा गरिबलाई जस्ता बाँडिएको भन्दै आलोचना गरिरहेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post