sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङको मतपेटिका राखिएको कोठामा सुरक्षण सिल

खोटाङ मंसिर–१२, खोटाङमा मतदान केन्द्रबाट संकलन भएको मतपेटिका राखिएको स्थानमा सुरक्षण सिल राखिएको छ । जिल्लास्थित १ सय ७९ वटा मतदान केन्द्रबाट जम्मा गरिएको मतपेटिका सुरक्षाका लागि कोठाको ढोकामा मूख्य निर्वाचन अधिकृतको ताला, लाहा छापका साथमा निर्वाचन आयोगको सुरक्षण सिल राखिएको हो ।
 एउटा सुरक्षण सिलको नम्बर अर्कोसँग नमिल्ने भएकाले मतपेटिकाको बिश्वसनीय सुरक्षाका लागि सुरक्षण सिल हालेर सो सुरक्षण सिलको नम्बर हरेक पार्टीलाई उपलव्ध गराइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । 
मतपेटिकाको सुरक्षाका लागि मूख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतको गेट बाहिर नेपाली सेना, परिषरमा शसस्त्र प्रहरी र भित्र नेपाली प्रहरी रहने व्यवस्था मिलाइएको छ । नेपाल प्रहरीसँगै दलका दुई÷दुई जना प्रतिनिधि रहने व्यवस्था मिलाइएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतपेटिकाको सुरक्षामा बस्ने हरेक दललाई चार वटा पास उलपव्ध गराइएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post