sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » सिप तालिम लिएर बिदेश जानेको लोभ लाग्दो कमाई

खोटाङ कात्तिक–१८, वैदेशिक रोजगारीका लागि भनेर नेपालमै सिप तथा तालिम सिकेर युएई(दुबई)   गएका खोटाङको खोटेहाङ गाउँपालिका–३, सावाकटहरेका सरोज कोईरालाले मासिक नेपाली ६० हजार रुपैंयाँ कमाईरहनुभएको छ । नेपालमा उहाँसँगै सिप तालिम लिएर एउटै कम्पनीमा गएका अन्य साथीहरुको कसैको ६० भन्दा बढी त कसैको केही कम कमाई भईरहेको छ । उहाँहरु खिद्माहएलएलसी कम्पनीमा ईलेक्ट्रिसियनका लागि डेढ बर्ष अगाडी साउदी जानुभएको हो । 
यता, डेढ बर्ष घघि नै सिप तालिम लिएर वैदेशिक रोजगारीको सिलसिलामा ईलेक्ट्रिसियनकै काममा कतार पुगेका दिप्रुङ गाउँपालिका–२ डाडाँगाउँका जोमेश देवकोटा पनि राम्रै कमाई भईरहेको बताउँछन् । माता कन्ट्रयाक्टिङ कम्पनीमा ईलेक्ट्रिसियनको काम गरिरहेका देवकोटाको ओभर टाईम राम्ररी चलेको समयमा ४५ हजार रुपैंयाँ सम्म त बचत नै हुने गरेको छ । सिप तालिमयुक्त जोमेश हाल कम्पनीको बिश्वासिलो कामदार बनेको कारण अन्य कामको जिम्मेवारी समेत पाउने गरेका छन् ।
  काम गर्दै जोमेश देवकोटा 
यस्तै, तीन बर्ष अघि सिप तालिम लिएर कतारको आस्कहमाद कम्पनीमा गई स्काफोल्डिङको काम गरिरहेका रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका खगेन्द्र भुजेल र युएईमा स्काफोल्डिङकै काम गर्ने सोही नगरपालिका–४ खाल्लेका सुबोध खतिवडा पनि मासिक ४५ देखि ६० हजार सम्म मासिक कमाई गर्नेमा पर्नुहुन्छ । २०७२ कात्तिकमा गल्फ मेनपावर कम्पनीबाट युएई गएको खतिवडाले नेपालमा भनिए अनुसारकै काम दाम पाएको जनाएका छन् ।  
 सुरक्षित आप्रवासन परियोजना सामी खोटाङले निःशुल्क रुपमा खाना तथा आबास सहित दिलाएको सिप तालिम लिएर जाँदा सोही अनुरुपको काम र दाम पाउनेमध्ये हालै जानकारी गराउने ब्यक्तिको नाम मात्र यहाँ उल्लेख गरिएको हो । 
सिप तालिम लिएर जाँदा जीउज्यानको सुरक्षा हुनका साथै काम र कमाई पनि भरपर्दो तथा मर्यादित हुने सुरक्षित आप्रवासन परियोजना जनाउँछन् । जिल्लमा वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउन सूचना, सन्देश वा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको सामी परियोजनाले वैदेशिक रोजगारीमा जान चाहाने ब्यक्तिहरुलाई एक महिने निःशुल्क सिप तालिमको ब्यवस्था गर्दै आएको छ । 
वैदेशिक रोजगारमा जाने ३१ महिला सहित ९ सय १५ जनालाई हालसम्म निःशुल्क सिप तालिमको ब्यवस्था मिलाईदिएको सामी परियोजनाका अनुसार सिप तालिम लिएर जानेहरुले बिना सिप तालिम जानेको तुलनमा राम्रो काम र दाम पाएको जनाएका छन् । तालिम पछि पनि सामी सूचना तथा परामर्श केन्द्रले फोन तथा फेसवुक मार्फत फलोअप गरी उनीहरुलाई जानकारी तथा सहयोग गर्ने काम गरिरहने परियोजनाका जिल्ला संयोजक भक्त राईको भनाई छ । यस क्रममा वैदेशिक रोजगारमा रहेका कामदारहरुले सामीले दिएको सिप अनुसारको काम पाएको र  राम्रो कमाई भइरहेको फेसवुक मार्फत सुचना तथा परामर्श केन्द्रलाई जानकारी गराएका छन् । 

                                           सरोज र जोमेशसँग सूचना केन्द्रले गरेको कुराकानीको स्क्रिनसट

सुरक्षित काम र राम्रो कमाई त छँदैंछ सिप तालिम लिएकाहरु सवैले घरमा कागजपत्रका प्रतिलिपि छाडेका हुनाले कामदारलाई कथमकदाचित गाह्रो अप्ठ्यारो परेको खण्डमा खोजी तथा उद्घार गर्न वा क्षतिपूर्ति दिलाउन समेत सहज हुने गरेको सुचना केन्द्रका अम्बिका दाहालले बताउनुभयो । परियोजनाले सकेसम्म स्वदेशमै रोजगारीको सिर्जना गर्न उत्प्रेरित गर्दै बिदेश जान तयार नै भईसकेकाहरुलाई स्ुचना, परामर्श दिनका साथै निःशुल्क सिप तालिमको ब्यवस्था गर्ने गरेको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post