sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » क्यान्सर पीडित बालक बचाउन सहयोगको याचना


खोटाङ मंसिर–१२, खोटाङस्थित केपिलासगढी गाउँपालिका–७ सुङदेलका १२ बर्षिय क्यान्सर पीडित बालक बचाउनका लागि सहयोगको याचना गरिएको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएको बालक सन्देश राईको नाकको पछिल्लो भागमा भएको क्यान्सर रोगको उपचार गराउन आर्थिक सहयोगको याचना गरिएको हो ।

हाल, ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटलमा उपचारको क्रममा रहेको बालककोे थप उपचारका लागि आर्थिक अभाब भएको कारण ‘सन्देश राई उपचार सहयोग अभियान ’ सञ्चालन गरी सहयोगको याचना गरिएको अभियन्ता पत्रकार भीम राईले बताउनुभयो । देश–विदेशमा रहेका नेपालीबाट सहयोग जुटाई सन्देश बचाउने अभियानमा लागेकाले सबैलाई सहयोगमा सामेल हुन अनुरोध गरिएको राईको भनाई छ । 
हालसम्म उपचारका लागि परिवारले करिब ७ लाख रुपैयाँ खर्च गरिसकेको उनलाई सुरुमा सुनसरीस्थित विपि कोइराला स्वास्थ्य प्रतिष्ठानमा लामो समय राख्नु परेको थियो । सो अस्पतालबाट रोगको पहिचान भएपछि बल्ल काठमाडौँमा थप उपचारमा राखिएको बताईएको छ । ‘थोपा थोपा मिलाएर घैला भराउने’ यो अभियानमा लाग्न समेत सबै आफन्त, नर नाता, इष्टमित्रहरु सबैमा अनुरोध गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post