sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » वर्षमान पुन लगायत नेताको सामूहिक हत्याको प्रयास

कात्तिक–२५, पूर्व अर्थमन्त्री समेत रहेका वाम गठबन्धनका उम्मेदवार वर्षमान पुन लगायतको नेताको सामूहिक हत्याको प्रयास भएको छ । विप्लप माओवादीका कार्यकर्ताले बाटोमा माइन बिछ्यार हत्याको प्रयास गरे पनि पुन लगायतका नेताहरु सकुशल रहेका छन ।
पुनसँगै जयपुरी घर्ती, गोकुल घर्ती लगायतका नेताहरु चढेको गाडी रोल्पा जिल्लाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङमा माइन बिस्फोटमा परेको हो । विस्फोटबाट गाडीमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको नेता पुनले बताएका छन । पुनले वाम गठबन्धनका उम्मदेवारहरुको हत्या गर्ने उद्देश्यले शक्तिशाली माइन विस्फोट गराइए पनि गाडीमा मात्रै सामान्य क्षति भएको र आफूहरु सकुशल रहेको बताए । बिस्फोट लगत्तै विप्लप समूहका कार्यकर्ताले वामगठबन्धनका नेतालाई लक्षित गरी फायरिङ गरे पनि उम्मेदवारको सुरक्षामा रहेका सुरक्षाकर्मीले जवाफी फायरिङ खोलेपछि थप दुर्घटना हुनबाट बचेको एमाले नेता गोकुल घर्तीले बताए । न्युज अफ नेपालबाट,,,

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post