sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » वैदेशिक रोजगारलाई सुरक्षित बनाउन बिद्यार्थीमार्फत सूचना–सन्देश

    लिला निरौला/खोटाङ
मंसिर–६, खोटाङस्थित ४ बिद्यालयका बिद्याथीबीच सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । वैदेशिक रोजगारलाई सुरक्षित तथा उपलब्धिमुलक बनाउनका जिल्लाका १० माध्यमिक विद्यालयका लागि तय गरिएको कार्यक्रममध्ये रुपाकोट मझुवागढी नगरपालिका–१०स्थित सरस्वती मा.वि. पाथेका, १ नम्बर वडाको सरस्वती मा.वि. दितmेल, ३ नम्बरको सावित्रा मा.वि. बाम्राङ र ६ नम्बर वडाको कालिका मा.वि. नेर्पामा सम्पन्न भएको हो । 
बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना सामी अन्र्तगतको विद्यार्थी सचेतना कार्यक्रममध्येकै ५ नम्बर वडामा पर्ने श्री मााबि मझुवा बास्बोटेमा भने पहिलो चरणको कार्यक्रम सञ्चालन भईरहेको छ । कार्यक्रममा सुचना तथा परामर्श केन्द्रले दिने सेवासुविधा बारे जानकारी गराउनका साथै सुरक्षित वैदेशिक रोजगार सम्बन्धी बिबिध बिषयमा जानकारी गराउने गरिएको परियोजनाले जनाएको छ । 
सचेतनामुलक कार्यक्रममा वैदेशिक रोजगारको फाइदा–वेफाइदा, सुरक्षित वैदेशिक रोजगारको प्रक्रिया, र महिला कामदार सम्बन्धी जानकारीको बिषयमा छलफल गर्ने गरिएको बताईएको छ । पहिलो र दोश्रो चरणमा सम्पन्न हुने कार्यक्रमको उदेश्य विद्याथीको माध्यमबाट वैदेशिक रोजगारलाई सुरक्षित तथा उपलब्धिमुलक बनाउने रहेको छ । गाउँघर तथा टोल–छिमेकमा रहेका सम्भभावित आप्रवासी तथा वैदेशिक रोजगारमा गईसकेका ब्यक्ति र परिवारका सदस्यलाई सो सम्बन्धी सूचना सम्प्रेषण गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको हो ।  दोश्रो चरणको कार्यक्रममा विद्यार्थीहरु वैदेशिक रोजगारमा जान लागेको प्रत्येक व्यक्ति तथा उनको घरपरिवारका सदस्यकहाँ पुगेर दिक्तेलमा सञ्चालित  सूचना तथा परामर्श केन्द्रमा पठाउने प्रतिबद्धता जाहेर गरेका छन् । साथै बैदेशिक रोजगारमा आबद्ध परिवारका सदस्यहरुबाट कागजपत्रको प्रतिलिपि मगाउने प्रतिबद्धता ब्यक्त गरेको छन्  ।
                                 –निरौला बालसेवा समाज(सामी)को सामाजिक परिचालक हुन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post