sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » कलाकारलाई पनि लाग्यो चुनाव

खोटाङ, मंसिर बरिष्ठ संगीतकार महेश खड्का खोटाङमा वाम गठबन्धनको चुनावी अभियानमा कुदिरहेका छन् । संबिधानसभाको दोश्रो निर्वाचनमा खोटाङ क्षेत्र नम्बर २ मा एमाले उम्मेद्वार बिशाल भट्टराईको पक्षमा चुनावी कार्यक्रम गर्दै हिँडेका खड्का प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि दौडधुप गरिरहेका छन् । वाम गठबन्धनकातर्फबाट प्रतिनिधिसभाको उम्मेद्वारमा दोहोरिएका भट्टराईको सहयोगमा पुःन जिल्ला आएका खड्का वाम गठबन्धनको हरेक कार्यक्रममा गीत गाउँदै मतदाता फकाइरहेका छन् । भट्टराई र खड्काबीचमा अखिलमा गर्नेक्रममा दोस्ती जोडिएको हो । ‘उहाँ (महेश खड्का) मेरै आग्रहमा आउनु भएको हो,’ भट्टराईले भने, ‘आईतबार हामी मात्तिमको कार्यक्रममा सँगै छौँ ।’ 
यस्तै, वाम गठबन्धनकै पक्षमा माहोल सिर्जना गर्नका लागि चलचित्र नायक तथा निर्माता नवल खड्का, संगीतकार डाक्टर किरात, गायीका सत्यकला राई, रुपकुमार राई, जसराज राई, शिला राई, मिना राई, साहस राई लगायत खोटाङ आएका छन् । त्यसमा पनि माओबादी केन्द्रकातर्फबाट समानुपातिक उम्मेद्वार बनाइएका चलचित्र नायक तथा निर्माता खड्का खोटाङ नआउने कुरै भएन । समानुपातिक टिकट पाएका खड्का (श्रीमान) लाई सघाउनका लागि सत्यकला पनि सँगै आएकी छन् । चुनाव लक्ष्यीत गतिविधिमा खुलेर लागेका गायक÷गायीकाको सुरिलो स्वर वाम गठबन्धनका हरेक कार्यक्रममा गुञ्जिरहेका छन् । नवल खड्काकै सहयोगमा कार्तिक २२ गते खोटाङ आएकी मोडल÷नायीका दिपासा बिसी पनि हप्ता दिन बढि चुनावी कार्यक्रममा कम्मर मर्काउँदै मतदातालाई लोभ्याएर राजधानी फर्किएकी छन् । संगीतकर्मीले सांगीतिक कार्यक्रमको स्टेजमाझैँ प्यारोडीशैलीमा गीत मार्फत वाम गठबन्धनलाई भोट दिएर जिताउनका लागि आव्हान गरिरहेका छन् । गीतमा उम्मेद्वारदेखि शुभेच्छुक र सथर्मक छमछमी नाचेर रमाइलो गर्ने गरेका छन् । 
अहिले अधिकांश दलका चुनावी कार्यक्रममा स्थानीयदेखि राष्ट्रिय छबी बनाएका संगीतकर्मी देखिन्छन् । राष्ट्रिय कलाकार नभएका अवस्थामा स्थानीय कलाकार अनिवार्य राखिएको देखिन्छ । विशेषगरी चुनावीसभामा भीड जम्मा गर्न लागि दलका नेता तथा उम्मेद्वारले कलाकर्मीको उपयोग गर्ने गरेको छ । दर्शकलाई आकर्षित गरेर बिशाल जनसभा देखाउनका लागि गीत वा नृत्य प्रस्तुत गर्ने प्रचलन छ । 
खोटाङमा अहिले प्रदेशसभा र प्रतिनिधिसभाको तयारीमा वाम गठबन्धनले गर्ने अधिकांश चुनावीसभामा स्थानीयदेखि राष्ट्रिय छबी बनाएका संगीतकर्मीको उपस्थिति देखिन्छ । खोटाङ कांग्रेसको चुनावीसभामा पनि कविता शर्मा, मदन थापा लगायतका नृत्य÷नृत्यांगनाको प्रस्तुती रहने गरेको छ । तर, कांग्रेसले बढि स्थानीय कलाकारकै सहयोगमा चुनावी कार्यक्रममा मनोरञ्जन दिलाइरहेको छ । कतिपय कलाकार दलीय आस्था भए पनि चुनावी कार्यक्रममा खुलेर लाग्न रुचाउँदैनन् । कतिपय कलाकार भने नागरिकको हिसावले चुनावमा खुलेरै लाग्ने गरेको देखिन्छ । ‘कुनै न कुनै उम्मेद्वारलाई समर्थन गर्ने अधिकार कलाकारलाई पनि हुन्छ,’ किरात राई कलाकार संघका केन्द्रीय सदस्य एबं गीतकार पदम थुलुङले भने, ‘खुलेर समर्थन गर्नु नगर्नु कलाकारको स्वविबेकको कुरा हो ।’ 
क्याप्सन ः 
खोटाङमा वाम गठबन्धनको कार्यक्रममा नायक नवल खड्काका साथमा गायीका सत्यकला राई (दायाँ) र मोडल दिपासा बिसी (बायाँ) । तस्बिर ः फेसबुक 


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post