sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » » कर्मचारीलाई मतदान केन्द्र पठाउन शुरु


खोटाङ मंसिर–५, मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि खोटाङमा कर्मचारीलाई मतदान केन्द्र पठाउन शुरु गरिएको छ । मत पेटिका, मतपत्र, नङमा हाल्ने मसी, स्ट्याम्प प्याड लगायतका ६४ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीको समुह मतदान केन्द्रतर्फ पठाउन थालिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

सदरमुकाम दिक्तेलबाट टाढा पर्ने पालिकाको मतदान केन्द्रमा खटिएका अधिकांश कर्मचारी हिँडिसकेका छन् । जन्तेढुंगा गाउँपालिकामा निर्वाचन सामग्री सहितका कर्मचारी पुगिसकेका छन् । यस्तै, बराहपोखरी, खोटेहाङ, केपीलासगढी, ऐसेलुखर्क गाउँपालिकाभित्रका मतदान केन्द्रमा खटिएका कर्मचारी पनि निर्वाचन सामग्री बुझेर सदरमुकाम दिक्तेलबाट हिँडिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अन्य पालिकामा खटाइएका कर्मचारीले पनि निर्वाचन सामग्री बुझिरहेका छन् ।

आसन्न निर्वाचनका लागि १३६ मतदान स्थल र १७९ मतदान केन्द्र तोकिएको खोटाङमा १ हजार ४ सय ३२ कर्मचारी खटाइएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post