sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » पूर्व सुचना तथा सञ्चार मन्त्री शेरधन राई चढेको गाडीमा बम प्रहार

खोटाङ कार्तिक–२८, भोजपुरबाट प्रदेश ख को उम्मेदवार समेत रहनुभएको पूर्व सुचना तथा सञ्चार मन्त्री शेरधन राई चढेको गाडीमा बम प्रहार भएको छ । मंगलबार विहान १० बजे भोजपुर सदरमुकाम देखि टेम्केमैयुँ गाउँपालिकाको कोटतर्फ चुनावी सभामा जाँदै गर्दा सोही गाउँपालिका–७ गुम्वामा राई सवार बा १५ च ५६० ङ नम्वरको वनटेन गाडीमा बम प्रहार भएको हो ।
 चुनाव वहिस्कार गरिरहेको विप्लब समुहले बम  प्रहार गरेको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।  बम प्रहारबाट राईको सुरक्षमामा खटिएको असई डिल्लिबहादुर देवकोटाको दाहिने हातमा चोट लागेको र गाडीको अगाडीको भागमा क्षति भएको पूर्वमन्त्री रार्ईका नीजि सचिव तिलकराम राईले जानकारी गराएका छन् ।
 पूर्वमन्त्री राई र अन्य कार्यकर्ता भने सकुशल रहेको तिलकराम राईले जानकारी गराएका छन् ।  १० जना जतिको समुहले राई सवार गाडीमा बम प्रहार गरेपछि राईको सुरक्षा गार्डले २१ राउण्ड गोलि प्रहार गरेको निजि जनाईएको छ । पूर्वमन्त्री तथा नेकपा एमालेका पोलिटव्यूरो सदस्य राई एक नम्बर प्रदेशको मुख्य मन्त्रीको दावि सहित प्रदेश ख तर्फ भोजपुर बाम गठबन्धनका उम्मेदवार हुन् ।


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post