sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » ‘साउदीको तातो घामले अहिलेसम्म नि पोलिरा’छ !’

 लीला निरौला/खोटाङ
मंसिर–६, तारानाथ आचार्यलाई साताको बुधबार र शनिबार दिक्तेलको हाटडाँडामा आफ्नै घरघु¥यानमा उत्पादन गरेको तरकारी बेचिरहेको भेट्न सकिन्छ ।  उनको घरबारीमा पुगियो भने बाख्रा फर्म, तरकारी खेति, अन्न पिस्ने मिल देखिन्छ । 
खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिका १ का तारानाथ आचार्य घरबारीमै रमाउँदै शन्तोषजनक आम्दानी गरिरहेको बताउँछन् । दिनदिनै आम्दानीको स्रोत बढाईरहेको तारानाथ आचार्य विदेश जान चाहाने व्याक्तिहरुलाई जनचेतना फैलाउने काम गर्दै आफ्नै गाउँठाउँमा मनग्गे आम्दानी गर्न सकिने कुरा सुझाउँछन् । तर उनी आफै भने वैदेशिक रोजगारीमा पटक–पटक पुगेर फर्किएका हुन् । अन्ततः विदेशमा जस्तो श्रम तथा मेहनत गरेको खण्डमा आफ्नो घरपरिवारकै साथमा बसेर पनि उत्तिकै कमाई गर्न सकिने निष्कर्ष निकाल्दै अरुलाई पनि त्यही कुरा सुनाउँदै गाउँमै रोजगारको सिर्जना गर्न हौस्याउँछन् ।
२ छोरा २ छोरी अनि श्रीमती गरी ६ जना परिवारको अभिभावक आचार्यको वैदेशिक रोजगारीको पहिलो यात्रा सन् २००७ मा साउदीबाट शुरु भयो । त्यो समयमा वैदेशिक रोजगार सम्बन्धी सूचना तथा जानकारी पाउने सम्भावना थिएन । ‘विदेश जाने अनि पैसा कमाउने’ भन्ने ध्याउन्नमा  तारानाथ झापाका एजेण्टबाट विदेश गए । ८५ हजार रुपैया तिरेर विदेश गएका आर्चायले सोचे जस्तो कमाई हुँदै भएन  ।
‘दिनमा १० घण्टा काम गर्दा तलब ४ सय रियाल दिन्थ्यो ।’ आचार्य भन्छन–‘न त हातमा सीप नै थियो न त सूचना नै अन्धकारमै रहेर विदेश पुगेँ अन्धकारमै बसें ।’ उनी ऋण काढेर साउदी गएका हुन् ।  उनलाई उक्त ऋण तिर्न ८–९ महिना लाग्यो । उनी कमाउने आशामा छुट्टीमा घर आउँदै–जाँदै गरिरहे  । ४ वर्ष विदेशमा हाड घोटेर जसोतसो केही  रुपैयाँ  लिएर घर फर्के । गाउँमा केही काम नदेखेपछि उनी २८ महिना पछि फेरि फेरी पनि विदेश नै गए । उनी सम्झन्छन्– ‘विदेशमा नभोग्नु दुःख भोगिसके पछि पो थाहा भयो, पैसा कमाउनका लागि त गाँउघरमै सजिलो रहेछ ।’ अनि उनी स्वदेशमै पसिना बगाउने निष्कर्ष निकालेर करिब ७ बर्ष विदेशमा बसेको तारानाथ सन् २०१३ अर्थात ४ बर्ष अघिदेखि गाउँमै आम्दानीको बाटो समाईरहेका छन् । तारानाथ भन्छन्– ‘साउदी अरबको तातो घामले अहिलेसम्म नि पोलिराखेको छ ।’
हाल बिदेशमै रहेको उनको जेठो छोरा अनिल आचार्यलाई पनि घर फर्काएर प्राबिधिक बिषय पढाउने सोंच राखेका छन् तारानाथले । पछिल्लो समय वैदेशिक रोजगारी त्यागेर जिल्लामै आयमुलक  रोजगारीको सिर्जनामा लाग्ने जिल्लाबासीको संख्या बढ्दो छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post