sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » ‘ बम प्रहार गरिनु पराजित मानसिकताको पराकाष्ट हो ! ’ : पूर्बमन्त्री शेरधन राई

खोटाङ कात्तिक–२९,  देशमा स्थायित्व नचाहानेहरुले भोजपुरमा ठुलो गिरोह परिचालन गरेको बाम गठबन्धनको निष्कर्ष रहेको छ । पूर्वमन्त्री तथा नेकपा एमालेको उम्मेदवार शेरधन राईमाथि मंगलबार बम प्रहार भएपछि बुधवार पत्रकार सम्मेलन गर्दै बाम गठबन्धनका उम्मेदवारहरुले यस्तो बताएका हुन् ।
 यस भन्दा अगाडी समेत भोजपुर जिल्लामा रहस्यमय घटनाका दोषि हाल सम्म पत्ता नलाग्नु र पू
र्व मन्त्री माथि नै बम प्रहार हुनु गम्भिर विषय रहेको प्रतिनिधि सभाका उम्मेदवार सुदन किरातीले बताउनुभयो । पुर्वमन्त्री एवं बाम गठबन्धन प्रदेश १ तर्फका उम्मेदवार शेरधन राईले यो घटना सुनियोजित हिसावले आफ्नो राजनीतिक इतिहासलाई समाप्त गर्ने उद्धेश्यले गरिएको बताउनुभयो । 
यो घटनाको विषयमा जसलाई शंका गरिएको छ त्यस समुहले नभएर बामपन्थि शक्तिहरुको विजयबाट आत्तिएका तत्वहरुको पराजित मानसिकताको पराकाष्ट रहेको राईको दावी छ । 
कार्यक्रममा क्षेत्र नं १ का बाम गठबन्धनका उम्मेदवार राजेन्द्रकुमार राईले सुरक्षा निकाय गम्भिर भएर उम्मेदवारहरुको सुरक्षामा लाग्नुपर्ने बताउनुभएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post