sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » वाम नेताहरुले भने- 'वृद्धा भत्ता ५ हजार पुर्याउदैछौं, देशलाई समृद्ध र विकसित बनाउने छौं, वामगठबन्धनलाई जिताउनुस् '

खोटाङ ७ मंसिर
खोटाङका वाम गठबन्धन दलका नेताहरुले वाम गठबन्धनले केन्द्रिय घोषणापत्रमा नै वृद्धाभत्ता २ हजारबाट बढाएर ५ हजार पुर्याउने घोषणा गरिसकेको भन्दै सबैसँग वाम उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।

उनीहरुले वाम गठबन्धन र चुनावी तालमेल तत्कालको कुनै फाइदाका लागि भन्दा पनि देशको दिगो विकास र समृद्धिका लागि भएकाले वाम गठबन्धनलाई जिताउन आग्रह गरे ।
वाम गठबन्धनले बिहीबार नेर्पामा गरेको चुनावी सभामा बोल्ने नेताहरुले देशको विकासका लागि वाम गठबन्धनको विकल्प नभएको भन्दै जिताउन सबैसँग आग्रह गरेका हुन् ।
माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा कवि जसराज किरातीले एउटा कम्युनिष्टले अर्कालाई हेप्ने ठूलो भ्रम अब सकिएको र अब कम्युनिष्टहरु मिलेकाले देशको विकास हुने बताए ।
माओवादी केन्द्रका जिल्ला इन्चार्ज ध्रुव बुढाथोकी धिरेनले यो देशको मालिक जनतालाई बनाउने आफूहरुको उद्देश्य भएको भन्दै अब जनताले रुन नपर्ने र शासकहरु रुन पनि नपाउने व्यवस्था आफूहरुले ल्याउने दाबी गरे ।
उनले कम्युनिष्टहरु जहिल्यै जनताको पक्षमा रहने भन्दै २ हजार भत्तालाई पाँच हजार पुर्याउने घोषणा गरेको पनि बताए ।

माओवादी पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राईले वाम एकता तथा चुनावी तालमेल जनताको हितमा र देशको विकासका लागि रहेको बताइन् ।
उनले एकताले देशको विकास र शान्ति तथा समृद्धि ल्याउने दाबी गरिन् । अब वाम शक्तिहरु मिल्ने भए,  देश विकासमा जाने भो भनेर भारत हडबढाएको, कांग्रेस तिरमिराएको र राजावादीहरु अत्तालिएको उनको भनाई थियो ।
उनले गठबन्धनका विरुद्ध भोट हालेमा देशलाई समृद्ध र विकसित बनाउने उद्देश्य पूरा नहुने र शत्रु बलियो हुने भन्दै यस्तो गल्ति कसैले पनि नगरी वाम गठबन्धनका पक्षमा इमान्दार भएर मतदान गर्न सबैसँग आग्रह गरिन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post