sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » स्थानीयले लगाइ दिए वाम गठबन्धका नेताहरुलाई एउटै माला

खोटाङ, १६ कात्तिक । आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी गठबन्धन गरेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) खोटाङका नेताहरुलाई स्थानीयले एकताको प्रतिक एउटै माला लगाइ दिएका छन् । निर्वाचनपछि वाम पन्थी पार्टीहरु एकता गर्न दबाब स्वरुप दोर्पाचिउरीडाँडाका स्थानीयले बिहीबार एउटै माला लगाइ दिएर शुभकामना दिएका हुन् ।
केन्द्रदेखि चुनावी गठबन्धन गरेको एमाले र माओवादी केन्द्रका नेताहरुलाई चुनावपछि पार्टी नै एकीकरण गर्न दबाब स्वरुप एउटै माला लगाइ दिएको स्थानीय लाली गुराँस टोल विकास समितिका अध्यक्ष गुणराज बुढाथोकीले बताउनुभयो । “अहिले देशमा स्थायी सरकार चाहिएको छ ।” उहाँले भन्नुभयो, “चुनावपछि वामपन्थी पार्टीहरु एकतावद्ध भएर जनताको चाहना पूरा गर्न सकोस भन्नका लागि हामीले यस्तो करेका हौं ।”
दोर्पास्थित खावाडाँडामा आयोजना गरिएको कार्यक्रममा सहभागी प्रतिनिधिसभाका उम्मेदवार तथा एमाले वैकल्पिक केन्द्रीय सदस्य विशाल भट्टराई, प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार तथा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य रामकुमार राई (पासाङ), माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा पूर्व सभाषद् समिता कार्की (अस्मिता), एमाले १ नम्बर प्रदेश कमिटी सदस्य तथा पूर्व सभाषद् उषाकला राई, वाम गठबन्धन क्षेत्र नम्बर २ का संयुक्त चुनाव परिचालन समितिका संयोजक तथा एमाले जिल्ला उपाध्यक्ष राम दंगाल लगायतलाई स्थानीयले एउटै माला लगाइ दिएका थिए । स्थानीयको दबाबपछि कार्यक्रममा बोल्ने वक्ताहरुले चुनावी गठबन्धनसँगै पार्टी एकता हुनेमा ढुक्क हुन स्थानीयवासीलाई आस्वस्थ गराएका छन् ।
रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पामा गठित टोल विकास समितिले बिहीबार बृहत साँस्कृति कार्यक्रम, दिवा भोज, मेयर÷उपमेयरलाई सम्मान तथा गरिब घर परिवारलाई छाना वितरण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा उक्त वडाका १३ घरपरिवारलाई छाना उपलब्ध गराउने प्रतिवद्धतापत्र समेत वितरण गर्नुका साथै साँस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बोल्दै पूर्व सांसद समेत रहनुभएका प्रतिनिधिसभाका उम्मेदवार भट्टराईले मंसिर १० मा हुने निर्वाचनमा वाम गठबन्धनको जित सुनिश्चित रहेको दाबी गर्नुभयो । “हामीले चुनाव जितिसक्यौं ।” उहाँले भन्नुभयो, “अन्य पार्टीका उम्मेदवारले धेरै कसरत नगर्दा हुन्छ, हाम्रो पक्षमा उर्लिएको जनताको उत्साह हेर्दा पुग्छ ।”
कार्यक्रममा प्रदेशसभाका उम्मेदवार पासाङ, पूर्व सभाषद् एवम् माओवादी पोलिट ब्युरो सदस्य अस्मिता, पूर्व सभाषद् राई, संयुक्त चुनाव परिचालन समितिका संयोजक दंगाल, एमाले प्रचार विभाग प्रमुख दिलचक्र राई, युवा संघका जिल्ला अध्यक्ष दिनेश राई लगायतले बोल्नुभएको थियो । नगरपालिका भित्र भएर पनि दुर्गम क्षेत्रमा पर्ने हाम्रो वडामा आएर कार्यक्रममा सहभागी भइ सोभा बढाइ दिएकोमा आफूहरु आभारी भएको वडा अध्यक्ष लिला चौहानले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post