sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » काँग्रेसलाई भोट माग्न गएका राप्रपा जिल्ला सदस्यको भीरबाट लडेर मृत्यु

खोटाङ, २७ कात्तिक ।  नेपाली काँग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भीरबाट लडेर मृत्यु भएको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ काँग्रेस उम्मेदवारलाई सघाउने पार्टीले निर्णय गरेपछि भोट माग्न गएका राप्रपाका जिल्ला सदस्य केशरमान विश्वकर्मामा गएराति भीरबाट लडेर मृत्यु भएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी घर भएका ४९ वर्षीय विश्वकर्मा आइतबार काँग्रेसी टोलीसँग गाउँमा भोट माग्न गएका थिए । गाउँमा भोट मागेर राति घर फर्किएका उनको स्थानीय साल्लेभीरबाट लडेर मृत्यु भएको स्थानीयले बताएका छन् ।
घरबाट बिहान सबेरै हिँडेका उनी रातभर नआएछि खोजी गर्नेक्रममा मङ्गबार मृत फेला पारिएको मृतकका आफन्तले बताएका छन् । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको छ ।
विश्वकर्माको मृत्युको बारेमा अनुसन्धान गर्न टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । भीरबाट करिब २० मिटर मृत भेटिएका उनी लामो समयदेखि राप्रपाका क्रियासिल कार्यकर्ता रहेको जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post