sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » सहचालकले चलाएको बुलेरो दुर्घटना हुँदा आठ जना घाइते

खोटाङ, १५ कात्तिक । सहचालकले चलाएको मालवाहक बुलेरो बुधबार बिहान दुर्घटना हुँदा खोटाङमा आठ जना घाइते भएका छन् । हलेसी चुवाचुङ नगरपालिका–११ राजापानीबाट यात्रु चढाएर महुरेतर्फ हिँडेको बा १२ च ४९८५ नम्बरको मालवाहक बुलेरो रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका २३ वर्षीय शिखर घिमिरेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते घिमिरेको स्वास्थ्य चौकी बुइपामा उपचार भइरहेको र उनको टाउकोमा गहिरो चोट लागेको बताइएको छ ।

महुरे–फोक्सिङटार सडक खण्डको विजयखर्कस्थित साँगुरी भन्ने ठाउँबाट अनियन्त्रित भइ सडकबाट करिब ५० मिटर तल बुलेरो खसेको प्रत्यक्षदर्शीले बताएका छन् । बुलेरोमा सवार आठै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

घाइते सबैको बुइपास्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको जनाइएको छ । घाइते हुनेमा घिमिरेसँगै सोही स्थानका ३३ वर्षीय कुमार कार्की, ५५ वर्षीय चक्रबहादुर सुयल, २८ वर्षीय राजन खत्री, वर्षीय ६३ टंक दाहाल, ४१ वर्षीय निरबहादुर खत्री, ५० वर्षीय होमनाथ कार्की र ४० वर्षीय गोपाल कार्की रहेका छन् ।
उनीहरुको हातखुट्टा तथा शरीरको विभिन्न ठाउँमा चोट लागेको दुर्घटनास्थलमा खटिएका प्रहरीले बताएको छ । दुर्घटना लगत्तै सहचालक सुवाश राईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रनाउ थापाले जानकारी दिनुभयो ।
चालकलाई समेत थाहा नदिइ बुलेरो चलाएर दुर्घटना गराउने सहचालक राईको सवारी चालक अनुमतीपत्र नरहेको पाइएको छ । उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी गरिएको जनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post