sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » यस्तो छ खोटाङको मतपत्र- एक व्यक्तिले तीन वटा मतपत्र पाइने, समानुपातिकमा एउटै मतपत्र, प्रत्यक्षमा दुर्इ वटा

खोटाङ २३ कात्तिक
आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतपेटिका खोटाङ जिल्ला आईसकेको छ ।

एकै पटक प्रतिनिधिसभा (केन्द्र) र प्रदेशसभाको निर्वाचन हुने भएकाले एउटा व्यक्तिले तीन वटा मतपत्र पाउने छन् भने चार ठाउँमा भोट दिनुपर्ने हुन्छ । प्रत्यक्षतर्फ केन्द्रमा र प्रदेशमा, त्यसैगरी समानुपातिकतर्फ पनि केन्द्र र प्रदेशमा आफूले रुचाएको उम्मेदवारको चुनाव चिह्नमा भोट गर्दा चार ठाउँमा लगाउनुपर्ने भएको हो ।

 प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपत्र एउटैमा तल र माथि छ भने प्रत्यक्षतर्फ भने प्रदेश र प्रतिनिधिसभाको अलग अलग मतपत्र पाइने छ ।

प्रतिनिधिसभामा माओवादी केन्द्रको चुनाव चिह्न छैन । वामगठबन्धन दल एमालेका तर्फबाट सुर्य चिह्न भने छ । यस्तै प्रदेश एकमा पनि माओवादी केन्द्रको र प्रदेश दुईमा एमालेको चुनाव चिह्न छैन । दुई दलले चुनाव तालमेल गरेकाले यस्तो हुन गएको हो । कांग्रेसको भने प्रतिनिधिसभा र प्रदेशसभामा नै चुनाव चिह्न रहेको छ ।




प्रदेश १ को प्रत्यक्षतर्फको मतपत्र





प्रदेश २ को प्रत्यक्षतर्फको मतपत्र


प्रतिनिधिसभाको मतपत्र




समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र तल र माथि ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post