sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » हामीलाई भोट हाल्नेको जीवनभर शिर झुक्न दिने छैनौं : विशाल भट्टराई

काठमाडौं ९ पुस
गत १० गते सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जिल्लाबाट प्रतिनिधिसभातर्फको विजयी जनप्रतिनिधि विशाल भट्टराईले आफूहरुलाई भोट हाल्ने मतदाताको जिवनभर शिर झुक्न नदिने बताएका छन् ।
‘१० गते हामीलाई भोट हाल्नेले जिवनभर शिर झुकाउनु पर्दैन, हामी जहिल्यै जनता र जनप्रतिनिधि नङ र मासुको जस्तो सम्बन्ध भएर बस्छौं, नराम्रो कहिल्यै गर्ने छैनौं ।’ हाम्रोखोटाङ डटकमसहित खोटाङेहरुद्धारा सञ्चालित विभिन्न मिडियाले संयुक्त रुपमा शनिबार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित सांसद भट्टराईले भने ।

उनले जनता भन्दा पृथक भएर तामझाम गर्दै हिडे, कमाउन लागे, जिल्ला नै नगई शहरिया बन्ने लगायत काम गरे मतको अपमान हुने भन्दै आफूहरु त्यस्तोमा कहिल्यै नलाग्ने समेत बताए ।
उनले सबै मतदातालाई धन्यवाद दिँदै घोषणापत्र अनुसार काम पूरा गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

खोटाङ भौतिक विकासमा पछि परेको उल्लेख गर्दै उनले अब खोटाङको विकास पछि पर्न नदिने अठोट समेत गरेका छन् ।

जयरामघाट–चखेवा सडक बाटोले खोटाङको समृद्धिको ढोका खोल्ने बताउँदै उनले खोटाङलाई समृद्ध बनाउन अझै सात ठाउँमा पक्की पुल बनाउनुपर्ने समेत उल्लेख गरे ।

नवनिर्वाचित जनप्रतिनिधि भट्टराईले नवस्थापित भएका पालिका तथा केन्द्रसम्म बाटो पुर्याउन सके, गुणस्तरीय एउटा हस्पिटल बनाउन सके साथै नापी तथा मालपोत पुरयाउन सकेमा व्यवहारिक र खोटाङेलाई धेरै सहज हुने भन्दै त्यसमा आफूहरु पनि तदारुकताका साथ लाग्ने जनाए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य टंक राई, प्रदेशसभाका विजयी जनप्रतिनिधि राजन राई, जिल्ला समन्वय समितिका सभापति बबि चाम्लिङ लगायत नेता, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post