sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » » ‘कालापानीबासीको पानीको हैरानी ’: दुई घण्टा धाएर पानी बोक्नुपर्ने बाध्यताको अन्त्य हुँदै

खोटाङ मंसिर–१६, दुई घण्टाको बाटो धाएर पानीको लाईनमा बस्नुपर्ने खोटाङको खोटेहाङ गाउँपालिकाबासीलाई लक्षित गरी शुरु गरिएको खानेपानी आयोजनाको काम ७०  प्रतिशत सम्पन्न भएको छ । उक्त गाउँपालिकामा पर्ने बस्ती कालापानीसँगै साबिकको लिच्कीराम्चे र सिमपानी गाबिसमा पानी पु¥याउने लक्ष्यका साथ शुरु गरिएको ‘रसुवाघाट–कालापानी खानेपानी योजना’को काम ७० प्रतिशत सम्पन्न भएको हो । कुल १ करोड ८० लाख लागतमा सम्पन्न हुने पम्पिङ प्रबिधिको योजना तीव्र गतिमा अगाडी बढिरहेको बताईएको छ । सोही गाउँपालिकामा पर्ने सप्तकोशी नदीवाट पानी पम्पिङ गर्ने आयोजना सम्पन्न भए पश्चात ठूलो राहत हुने स्थानीयको भनाई छ । आफ्नो पहलमा करिब ४ बर्ष अगाडी डिटेल सर्भे गरी शुरु गरिएको आयोजना सम्पन्न हुन लाग्दा एउटा सपना पूरा हुन लागेको गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईको भनाई छ ।
यही बर्षभित्र खानेपानी सुचारु गराउन सकिने बताउने आयोजनाका अध्यक्ष कर्ण वहादुर राउतका अनुसार रसुवाघाट पुल अगाडी पानी तान्नका लागि भवन बनिसकेको छ । पालिकाको लिच्किराम्चेस्थित कालापानी जंगलमा दश लिटरको २ वटा आरभिटी ट्याङकी र कालापानीको सिरानमा ३० हजार लिटर पक्की ट्याङकी निर्माण भईसकेको अध्यक्ष राउतले बताउनुभयो ।
 यस्तै, १२ सय मिटर लामो जिआई पाईप वल्डिङ गरी सकिएको छ भने, पाईप राख्ने पिलर पनि तयारी छ । योजनावाट पहिलो चरणमा लाभान्वित हुने ९७ घरधुरीलाई पोलेथिन पाईप समेत गाउँमा आईसकेको आयोजनाले जनाएको छ ।
 चुहार पधेरा, मानेखोला पधेरा र खारखोला पधेरावाट दुई घण्टाको वाटो हिडेर खानेपानी उपभोग गरिरहेका स्थानियलाई निर्माणधिन योजनाले फाईदा पुग्ने छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post